प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै नेम्वाङले कटाक्षसहित देउवालाई बधाई दिएका हुन्।
उनले देउवासँग सम्बन्धित केही पुराना घटनाहरू सुनाएर उनलाई कटाक्ष गरेका हुन्। नेम्वाङले आफ्नो दलले देउवाबाहेक कांग्रेसका अरू कुनै नेतासँग गठबन्धन नगर्ने बताए।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विपक्षी गठबन्धनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी भएको थियो।
नेम्वाङले देउवा जनताका आदेशबाट नभई अदालतको आदेशबाट प्रधानमन्त्री बनेको पनि बताए।
सर्वोच्च अदालतको आदेशमा आफूहरूको असहमति भए पनि आफूहरूले त्यसलाई कार्यान्वयन गर्ने बताए।
आज प्रतिनिधि सभामा प्रधानमन्त्री देउवालाई बधाई दिने कार्यसूची छ।