नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताको मानिस भएको बताएका छन्।
आज काठमाडौंमा आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै उनले प्रतिनिधि सभा विघटनपछि ओली एक्लो र निरिह भएको दाबी गरेका छन्।
‘केपी ओली एक्लो र निरिह हुनुभएको छ। तर अझै दम्भ सकिएको छैन,’ उनले भने, ‘कुर्सी छोड्न परे कुर्सी भाँचिदिने मान्यताको मानिस हो उहाँ।’
उनले ओलीलाई ध्वंशकारी मानिस भएको पनि आरोप लगाएका छन्।
‘उहाँले पार्टी बनाउनु भएको छ?,’ उनले प्रश्न गरे, ‘उहाँ ध्वशंकारी हो।’
उनले बा प्रवृत्ति ओलीमा रहेको पनि बताएका छन्।
‘खुसी होलान् कि भनेर मैले पनि केपी बा भनें,’ उनले भने।