आज असोज तीन
नेपालको संविधानको आज दशौँ जन्मदिन
देशको मूल कानुन, बनेको थियो ७२ साल
बनेपछि कस्तो भएको थियो, हेरौँ है देशको हाल।
देश चलाउने मूल मन्त्र हो है संविधान
जनताको प्रतिनिधिले बनाएको भनी गर्न पर्छ भान
कानुनको आमा भनिने प्रतीक्षा थियो धेरै
संविधानले देश र देशले संविधानको बाटो हेरेको हेर्यै।
बन्यो हाम्रो संविधान, राम्रा राम्रा व्यवस्था ल्याई
नाकाबन्दी गर्ने छिमेकी, भुइँचालोको पीडा नै नभ्याई
आयो धेरै समस्या, भनियो कालो दिन
तर मेरो देश शान्तिको प्रतीक्षामा थिइन्।
सार्वभौम जनताको खुसी ल्याउन सफल संविधान
प्रस्तावनामा गर्दछ, इतिहासको हाम्रो गुणगान
भेदभावलाई नमान्ने प्रतिज्ञा गर्दछ है यसले
पीडितको अधिकार मौलिक हकमा राख्ने, गर्थ्यो अरू कसले?
सातौँ संविधान देशको, ल्याउन सकिन्छ यसमा नै संशोधन
मान्छु म समयसँगै अरू समस्या आउने छन्
तर नाममा मिति नराख्नुको उद्देश्य, यहीँ संविधानको निरन्तरता
यसभित्र संशोधन ल्याउला, अप्ठ्यारो नै पर्दा।
अब संवैधानिक आयोगहरूको पुनरावलोकन संघीय संसदले गर्न पर्छ
धारा २६५को पालना गर्न, संविधानवाद र संवैधानिक नैतिकताले गर्छ
राज्यका तीन अंग मिलेर काम गरी नेपालको उन्नतितर्फ लानु
सामाजिक न्यायलाई लक्ष्य मानी, संविधानको बाटो जानु।
मेरो देश, संविधान र नागरिकको सार्वभौमसत्ता अजम्मरी रहोस्
यहीँ छ मेरो चाहना
मेरो प्यारो देशको प्यारो संविधान, तिमीलाई जन्मदिनको हार्दिक शुभकामना
तिमीलाई दशौँ संविधान दिवसको हार्दिक शुभकामना।