सप्तरीमा ११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका–३ का ३५ वर्षीय मोहम्मद मुस्ताकलाई बिहीबार पक्राउ गरेको छ ।
पीडितकी आमाले दिएको उजुरी र पीडितको बयानपछि आरोपितलाई पक्राउ गरी जबर्जस्ती करणीको उद्योगमा उजुरी दर्ता गरिएको इलाका प्रहरी कार्यालय, कल्याणपुरका प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिए।
घरमा कोही नभएका बेला पानी खाने बहानामा सोमबार घर प्रवेश गरेका आरोपितले बलात्कार प्रयास गरेको पीडितले प्रहरीसमक्ष बयान दिएको प्रहरीले जनाएको छ । आरोपित सडक मजदूर हुन् ।
इलाका प्रहरी कार्यालय कल्याणपुरले पीडितको स्वास्थ्य परीक्षणपश्चात् उजुरी दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
(रासस)