आज अन्तर्राष्ट्रिय बाघ दिवस।
२०१८ को गणना अनुसार नेपालमा पाटे बाघको संख्या २३५ छ।
यीमध्ये सर्वाधिक चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ छन्। यस्तै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१ र पर्सा राष्ट्रिय निकुञ्जमा १८ वटा बाघ छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका जंगलमा पनि १६ वटा बाघ फेला परेका थिए। सन् २०२२ सम्म नेपालमा बाघको संख्या २५० पुर्याउने लक्ष्य छ।
नेपालमा कम्तिमा चार वर्षको अवधिमा बाघ गणना हुँदै आएको छ। पहिलोपटक सन् १९९५ मा गरिएको गणनामा ९८ वटा बाघ फेला परेका थिए।
विश्वमा १३ वटा देशहरूमा बाघ पाइन्छ। विश्वभर बाघको सङ्ख्या ३ हजार ८९० रहेको छ। सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा २ हजार २२६, सबैभन्दा कम लाओसमा दुई वटा छन्।
हेर्नुस् नेपालमा पाइने बाघबारे तयार पारिएको यो भिडिओः