म र म बिचको त्यो मौनता
शब्द र शब्दबिचको धैर्यता
आवाज र आवाज बिचको मर्यादा
कहिलेकाहीँ आफू भित्रको
आफूलाई चिन्न पनि गाह्रो
जब ऐना भित्रको मले
मेरो आँखालाई प्रश्न गर्छ
त्यसपछिको म
र
म भित्रको म दुवै अलमल्ल पर्छ।
उस्तै लाग्ने यी दुई 'म'
एक सधैँ बदलिने परिस्थितिले
अर्को सधैँ उस्तै अस्तित्वले
र ती सर्वनामहरू
हामीलाई बुझ्न नसक्ने
हाम्रो यात्रा हेरेर हाँस्ने
हाम्रो मौनता देखेर जल्ने।
तर म जान्दछु
म र म बिचको दुरी
संसारभन्दा नजिक छ
म र म बिचको सम्बन्ध
कसैले नबुझ्ने अजीव छ
म र म बिचको त्यो मौनता
शब्द र शब्दबिचको धैर्यता
आवाज र आवाज बिचको मर्यादा
कहिलेकाहीँ आफू भित्रको
आफूलाई चिन्न पनि गाह्रो
जब ऐना भित्रको मले
मेरो आँखालाई प्रश्न गर्छ
त्यसपछिको म र
म भित्रको म
दुवै अलमल्ल पर्छ।
उस्तै लाग्ने यी दुई 'म'
एक सधैँ बदलिने परिस्थितिले
अर्को सधैँ उस्तै अस्तित्वले
र ती सर्वनामहरू
हामीलाई बुझ्न नसक्ने
हाम्रो यात्रा हेरेर हाँस्ने
हाम्रो मौनता देखेर जल्ने।
तर म भित्रको मले जान्दछ
म र म बिचको दुरी
संसारभन्दा नजिक छ
म र म बिचको सम्बन्ध
कसैले नबुझ्ने अजीव छ।