सल्यानमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ।
शारदा नगरपालिका वडा नं. ६ बरला निवासी ३० वर्षीय मोटरसाइकल चालक वीरेन्द्र भण्डारीको बसको ठक्करबाट मृत्यु भएको हो।
श्रीनगरबाट बरलातर्फ जाँदै गरेको रा ३ प ८६६७ नम्बरको मोटरसाइकललाई ढोरचौरबाट श्रीनगरतर्फ जाँदै गरेको ना २ ख ९६४३ नम्बरको बसले मध्यान्ह १२ बजेतिर बरला बजार नजिकै ठक्कर दिएको थियो।
घाइते मोटरसाइकल चालक भण्डारीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा सवा एक बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले सेतोपाटीलाई बताए।
घटनालगत्तै चालक फरार रहे पनि केहीबेरको प्रयासपछि प्रहरीले नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए। तीव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।