नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई भिसा दिन सुरुमा अस्वीकार गरिएको अमेरिकी दूतावसले फेरि 'रिभ्यू'का लागि बोलाएको छ।
नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीले अमेरिकी दूतावासले बोलाएको पुष्टि गर्दै भने, 'हामी फेरि दूतावासमा फर्किएका छौं।'
यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जनाका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।
सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्विटरमा पोस्ट गरेका थिए।
दोस्रो सिजन सिपिएल खेल्न लागेका सन्दीप यसपटक बार्बाडस ट्राइडन्ट्स्मा ७८ लाख रुपैयाँमा आबद्ध भएका थिए। सेप्टेम्बर पहिलो सातादेखि सुरु हुने लिगका लागि सन्दीप सेप्टेम्बर पहिलो साता वेस्ट इन्डिज पुग्ने कार्यक्रम छ। त्यसअघि सन्दीपले अमेरिका भ्रमण गर्न चाहेका थिए।
अमेरिकाले दिएन सन्दीप लामिछानेलाई भिसा
म अमेरिका गएर लुक्ने मान्छे होइन : सन्दीप