एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गरिरहेको छ।
मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका थिए। यससँगै नेपालले पहिले बलिङ गरेको हो।
नेपालले १२ ओभरमा सिंगापुरको ६ विकेट लिइसकेको छ। पावरप्लेमै नेपालले चार विकेट लिएको थियो।
नेपालका लागि सुशील रावलले तीन र अभय यादवले २ विकेट लिए। एक ब्याटर रन आउट भएका थिए।
सिंगापुरले १३ ओभरमा ५४ रन बनाएको छ।
घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।
समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो ।
उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ।