Ncell
Uniliver1
Samsung banner
Samsung banner
Setopati ब्लग
Subscribe Setopati
सोमबार, चैत ९, २०८२ युनिकोड ENEnglish
Uniliver
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Nmb
Nmb

सिंगल मदर

Royal Enfield
Royal Enfield
कान्ति न्यौपाने

कान्ति न्यौपाने

पुस ६
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

साँँच्चै डिभोर्सी महिलाहरू प्रेमका लागि फेरि लालायित हुन्छन् कि हुँदैनन् होला? उनीहरू कोही नजिकका मान्छेको स्पर्श, साथ, माया र सपोर्ट फेरि पनि खोज्छन् कि खोज्दैनन् होला? खोज्ने भए उनीहरूले किन डिभोर्स गर्थे होलान् र? आफ्नै मनमा यी प्रश्नहरू पटकपटक उब्जिरहेका हुन्थे। जबसम्म म सिंगल मदर बनेको थिइनँ। त्यसपछि झनै कसैको साथ, सहयोग र आत्मविश्वासको खोजी बढेको थियो। रूँदा काँध थापिदिने साथको खाँचो थियो। 

पैसा कमाउन त म आफै सक्षम थिएँ। छोरी हुर्किसकेकाले धेरै काम उनले पनि सघाउने भइसकेकी थिइन्। त्यसैले म खुसी नै थिएँ। तर, मलाई एउटा दरिलो साथको भने अभाव नै थियो। सोचेँ अब छोरी पनि हुर्किंदै छिन्, कोही राम्रो मान्छे खोज्छु, जसले मलाई अरू केही नभए पनि जीवनभरि साथ देओस्। म कमजोर हुँदा म छु भनेर दरिलो हात देओस्, म थाक्दा, गल्दा, बोल्न नसक्दा उसको साथले म बलवान् बन्न सक्छु। बाँकी पैसा कमाउने प्रगति गर्ने काम मिलेर गरौंला मेरो सोच त्यही आउन थालेको थियो। 

कपडाको बिजनेश राम्रै चलेको थियो। एकदिन गाउँका माइला बाका छोरा उनका साथी लिएर पसलमा आए। उनको साथीलाई होलसेलको कपडा चाहिएको रहेछ। उनीहरू पसलमा २ घण्टा जस्तै बसे। मैले चिया खाजा अर्डर गरेँ। अनि उनका साथीको पनि पसल नै रहेछ। साथीले केही सामान किने अनि सहकार्य गरौँला फेरि पनि भनेर मेरो नम्बर पनि लिए। म आफ्नै काममा लागेँ। उनले राति मलाई मेसेज गरे। 'तपाईंसँग भेटेर खुसी लाग्यो, बिजनेश राम्रो रहेछ थप राम्रो गर्नुहोला।' मैले 'धन्यवाद तपाईंलाई पनि शुभकामना' भनेँ। त्यसपछि हाम्रो निरन्तर कुरा हुनथाल्यो।

बिजनेश, घरपरिवार भविष्य लगायतका धेरै पाटोमा कुरा हुनथाल्यो। दुई जनालाई नै एकअर्काको आनीबानी, कुराकानी मन पर्न थाल्यो। 

नेपाली समाज जतिसुकै परिवर्तन भए पनि डिभोर्सी महिला र पुरूषलाई हेर्ने नजरमा आकाश र जमिनको फरक छ। अझ त्यसमा पनि म जस्ता सिंगल मदरलाई हेर्ने दृष्टिकोण साँच्चै दयालाग्दो छ। समय परिवर्तन भएर के गर्ने सोच परिवर्तन नभएपछि? मानिसको परिस्थिति नबुझी उसले त डिभोर्स गरिछे अझ कतिपयले त सम्पत्तिको लागि गरेको पनि भन्न भ्याउँछन्। उनीहरूलाई अरूको भावना, परिस्थिति र असहजतासँग के मतलब मन दुख्नेगरी भन्दिन पाए भइगयो नि!  यस्तो समाज छ भनेर गलत व्यक्तिसँग पनि म बाँच्न सक्दिनँ, जीवन आफ्नो हो आफ्नो तरिकाले बाँच्नुपर्छ भनेरै मैले सो निर्णय गरेको थिएँ। 

दिनहरू बित्दै गए। ऊ अक्सर पार्कमा आउँथ्यो। हामीबीचको वार्तालाप, लामो कुराकानी र उसको स्पर्शले मलाई नयाँ आशा दियो। ऊ मेरो संघर्ष र मेरा सपनाबारे सबै कुरा थाहा पाउन चाहन्थ्यो। मैले उसलाई केही पनि नढाँटी मेरो वास्तविक कहानी सुनाएँ। त्यो सबै कुरा भन्दा मलाई ऊ मबाट पर भाग्छ कि अब केयर गर्दैन कि लागेको थियो। तर, उसले मेरो हरेक परिस्थितिलाई सहज रूपमा स्वीकारेपछि म उसँग अघि बढ्न तयार भएँ। खुसी भएँ। जीवनमा फेरि खुसी फर्किएर आएको अनुभूति गरेँ।  म उसँग नजिकिँदै गर्दा उत्तिकै डराउँथे किनकि एउटा सम्बन्धमा मैले नराम्रो गरी धोका पाएको थिएँ। हामी आमाछोरीकै भविष्य दाउमा राखेर मैले कठोर निर्णय गर्नुपरेको थियो। तर, उसले मलाई समर्थनका साथ आश्वासन दिन थालेपछि मेरो डर घट्न थालेको थियो। म उप्रति पूरै समर्पित हुँदै थिएँ। 

ऊ मेरो सानो सानो खुसीको ख्याल गर्न थालेको थियो। मेरो बर्थडेमा उसले मलाई सेलिब्रटी जस्तो अनुभूति गराउँथ्यो। छोरीको सानो/सानो कुरामा पनि ख्याल गर्दिन्थ्यो। उसलाई स्कुल लैजाने, ल्याउने, हस्पिटल लाने जे मेरो परिस्थिति हुन्छ ऊ हरेक परिस्थितिमा साथ थियो। मलाई केवल उसको भावनात्मक साथ र कोही छ भन्ने विश्वासको मात्रै खाँचो थियो। म फेरि खुसी हुन थालेको थिएँ। मलाई यस्तै माया र साथ मात्रै चाहिएको थियो। किनभने मेरो विजनेश आफैमा राम्रो चलिरहेकै थियो। 

हाम्रो लागि अर्को असहज पक्ष भनेको ऊ अविवाहित थियो अनि मभन्दा केही वर्षले सानो पनि। तर, मलाई उसले गरेको अथाह प्रेम र मायाले गर्दा उबाट गुम्छ कि भन्ने डर पनि उत्तिकै थियो। उसलाई म हरेक परिस्थितिमा साथमै राख्न चाहन्थेँ, जीवनभरि मसँगै होस् सुखदुख हरेकसँगै काटौँला सोचेको थिएँ। तर, सोचेजस्तो कहाँ हुनेरैछ र जीवन? ऊ नसोचेको तरिकाले एक्कासि मबाट टाढा भयो।

माघको महिना थियो। मध्यजाडो त्यसमा पनि छिट्टै रात पर्ने समय। म जाडोले नभएर डरले लुगलुग काम्न थालेँ। मलाई २ दिनदेखि उसको फोन, मेसेज आएको थिएन। उसको मोबाइल अफ थियो। ऊ कुनै सोसल मिडिया पनि एक्टिभ थिएन। मेरो डरको सीमाले सगरमाथाको उचाइ भेट्यो। मध्य जाडोमा मलाई खलखली पसिना आउनथाल्यो। म के गर्ने के नगर्ने सोच्नै सकिरहेको थिइनँ। म उसलाई खोज्न कहाँ जानु? ऊ किन यसरी गायब भएको होला? मलाई थाहा थियो, समाजमा सिंगल मदरको अवस्था कस्तो छ । मेरो मनमा अनगिन्ती डर र प्रश्नहरू जन्मिए।

Ncell
Ncell

ऊ गायब हुँदा म अचम्मित भएँ। हृदयमा पीडा, आत्मग्लानि र डरको चाप झन् गहिरो हुँदै गयो। म पागल जस्तै सोच्न थालेँ— म अनेक संघर्ष गर्दै यहाँसम्म आइपुगेको छु, बल्ल अलिअलि खुसी हुन खोज्दैछु, तर मलाई नै किन यस्तो भयो? उसले कहिल्यै मेरो मन बुझ्न किन सकेन? मैले सोचेँ, मसँग त उसले पनि खुसी पाएको थियो, तर पनि ऊ यसरी किन गुमनाम हुनचाह्यो ? मनभरि बग्रेल्ती प्रश्नहरू आए। असह्य पीडा भयो। लाग्यो, मेरो जीवनमा खुसी लामो समय नटिक्ने रहेछ । बरू उसँग भेट नै नभएको भए, बरू उसले मलाई अनेक आश्वासन नै नदिएको भए, खुसी थिएँ नि ऊ बिना। तर, चुरोट रक्सीको नसाभन्दा पनि कडा हुनेरैछ व्यक्तिसँगको लत। उसको अनुपस्थितिले म फेरि टुटेको थिएँ। जता पनि उसलाई नै खोज्न थालेको थिएँ। फेरि नितान्त एक्लै महसुस गरिरहेको थिएँ। 
मैले उसलाई खोज्ने प्रयास गरें। फोन, मेसेज, सामाजिक मिडिया सबैमा खोज्न थालें। तर कुनै चिह्न फेला पार्न सकिनँ। मनमा टुटेका सपनाहरूको भारी लिइरहेको थिएँ। उसलाई भुल्न सकिनँ। म आफूलाई सोधिरहेँ, 'के म फेरि एक्लै हुनेछु?'। मैले हरेक तिरबाट पीडा अनुभव गरें। सिंगल मदरको रूपमा मेरो माया खोज्ने यात्रा यहाँ पनि समाप्त भएको जस्तो लाग्यो। एक्लै भएपछि म झनै डराउँथें—'के म फेरि त्यही पीडा भोग्न तयार छु?'

तर, म बाँच्न चाहन्थेँ। एक बलियो छोरीको आमा भएकोमा गर्व गर्छु। मसँग मेरो सपना र हिम्मत छ, जुन मलाई निरन्तर अघि बढ्न प्रेरित गर्छ। म प्रेमको खोजीमा छु, तर अब म त्यो खोजी आफैबाट सुरू गर्न चाहन्छु।

प्रेमको परिभाषा बदलिएको छ, र म यो नयाँ परिभाषामा हर्षित हुनु चाहन्छु। उसलाई फेला पार्न मैले जति प्रयास गरें, अब मैले आफैभित्र खुसी फेला पार्नुपर्छ। ऊ छुटेपछिका हरेक दिन मैले एक नयाँ यात्रा सुरू गरिरहेकी छु, प्रेम खोज्ने प्रयासमा केवल एक सिंगल मदर मात्र होइन, एक बलियो महिला पनि बन्न चाहन्छु।

अब, म झन् आँटिलो भएर पीडा लुकाउँदै अघि बढ्न दृढ संकल्पित छु। जहाँ घाउ त्यहीँ ठेस भनेजस्तै आफू कमजोर भएपछि त्यहीँ नुनचुक छर्नेको जमात भेटिने रहेछ। धेरै पटक आफैलाई छरपष्ट छोडेको छु। कहिले समयदेखि, कहिले नजिकै मानिसदेखि त कहिले परिस्थितिदेखि हारेर रोएको छु। फेरि आफैले आफैलाई सम्हाल्दै अघि बढिरहेको हुन्छु। र त कुनै बलियो साथको खोजीमा लागेर पटकपटक धोका खाइरहेँ। यो यात्रा सिकाइ र आत्म–अवलोकनको यात्रा हो, जसले हामीलाई हाम्रो आन्तरिक शक्ति र सहनशीलता जान्नमा मद्दत पुर्याउँछ।

धनगढी जाने बसमा केही समयअघि भेटिएकी एक अपरिचित महिलाले सुनाएको मनछुने कहानी।

साँच्चै तिनले त्यति माया गरेको प्रेमी भेटिन् कि भेटिनन् होला? उनका प्रेमी फेरि फर्किएर आएकी आएनन् होला? कहानी लेखिरहँदा मनभरि धेरै प्रश्नहरू उब्जिरहे। उनले म अन्जानलाई कोही सुनाउने नपाएरै त पीडा पोखेकी होलिन्? लाग्यो, उनीजस्तै कति सिंगल मदरहरू कसैको माया र साथको प्रतिक्षामा यसैगरी तड्पिरहेका होलान्।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १९:०३
सिफारिस
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
रवि र बालेन जय र वीरू जस्ता– विपिन आचार्य (पडकास्ट)
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नगरेकोमा सरकारलाई प्रश्नै प्रश्न
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
देउवाका भतिज प्रकाश ७ महिनादेखि अमेरिकामा
विवादै विवादको भूमरीमा नेपाली फुटबल
विवादै विवादको भूमरीमा नेपाली फुटबल
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
एमाले संसदीय दलको नेता बादल कि सुहाङ?
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
रास्वपाले चाहेजस्तो १५ वटा मन्त्रालय राख्न विज्ञहरूको 'ग्रिन सिग्नल'
Mit
Mit
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
थप

ब्लग

आजको पिकनिक झुर हुने त होइन!
२६ वर्षअघि मुस्ताङमा ७० रुपैयाँमा किनेको मनिपुरे सल
बालबालिकाको मञ्च- के सिक्छन् उनीहरू?
यहाँ मुटु जलिरहेछ!
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा!
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा
ime money transfer
ime money transfer

विचार

डा. मित्र परियार
समानुपातिक निर्वाचनमा किन भयो एकल जातीय दलित क्लस्टर? डा. मित्र परियार
योगेन्द्र चापागाईं
नयाँ सरकारले विद्यालय शिक्षामा के कस्ता परिवर्तन गर्नुपर्छ? योगेन्द्र चापागाईं
राजुप्रसाद चापागाईं
'ब्यालेट विद्रोह' का ६ सन्देश राजुप्रसाद चापागाईं
रमेश अधिकारी
बहुमतका लागि बाधक होइन निर्वाचन प्रणाली रमेश अधिकारी

ब्लग

विवेक जोशी
साइबर सुरक्षा: विश्वासको खेलमा नेपाली युवा! विवेक जोशी
मदन रोकाया
नयाँ सरकारसँग अपांगता समुदायको अपेक्षा मदन रोकाया
अनुप पुडासैनी
भू–राजनीतिक तनाव र नेपालमा मल आपूर्ति संकटको सम्भावना! अनुप पुडासैनी
प्रभा बराल
प्रियसँग जामाचो यात्रा! प्रभा बराल
Kumari bank
Kumari bank
mukti
mukti

साहित्यपाटी

जगत बोहरा
बसमा भेटिएको अपरिचित मानिस! जगत बोहरा
Hardik
Hardik
मनोजकुमार कँडेल
सम्बन्ध! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
श्याम गैरे
उद्रिएका सपनाहरू! श्याम गैरे
दिपेश पराजुली
अब यो देश कविले बनाउँछ! दिपेश पराजुली

केटाकेटीका कुरा

ओजस्वी गौतम
प्रिय बा! ओजस्वी गौतम
अभिनव साउद
मेरो पहिलो बेलायती संसद् भवन भ्रमण! अभिनव साउद
आरभ कर्माचार्य
निर्वाचनमय नेपाल! आरभ कर्माचार्य
संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP