सुनसरीको गढी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
एमालेका उम्मेदवार आशनारायण चौधरी फराकिलो मतान्तरले विजयी भएका हुन्।
उनले ८९०१ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार महेश दत्तले ५३५० मत ल्याएका छन्।
उनीहरूबीच ३५५१ मतान्तर थियो।
प्रकाशित मिति: बिहीबार, जेठ ५, २०७९, ०३:५४:२१