रसियामा जारी २१औं संस्करणको फुटबल महाकुम्भ फिफा विश्वकप २०१८ आजदेखि सकिदैछ।
मस्कोको लुजिनिकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ मा सुरू हुनेछ। आज दुवै टोली विश्वकपको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । र, यो फाइनलले विश्व फुटबलमा नयाँ च्याम्पियन राष्ट्र जन्माउने छ।
जसरी उपाधिका लागि यी दुई कडा प्रतिश्पर्धी एक आपसमा भिड्नेछन् त्यसैगरी प्रतियोगितामा गोल्डन बुट, गोल्डन बल र गोल्डन ग्लोव्सका लागि पनि कडा प्रतिश्पर्धा हुने देखिएको छ।
गोल्डन बुटका दाबेदार
गोल्डन बुटको उपाधि प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले पाउनेछन्। यो दौडमा इंग्ल्याण्डका कप्तान तथा स्टार फरवार्ड ह्यारी केन सबैभन्दा अगाडि छन्।
प्रतियोगितामा चौथो भएको इंल्याण्डका यी कप्तानले लगभग उपाधि जित्नेछन्। उनलाई पछ्याइरहेका बेल्जियमका फरवार्ड रोमेलु लुकाकु ४ गोल गर्दै प्रतियोगिताको अन्त्य गरेका छन्। इंल्याण्डलाई हराउँदै तेस्रो भएको टोलीका लागि शनिबार उनले कुनै गोल गर्न सकेनन्।
यो दौडमा फ्रान्सका एन्टोनी ग्रिजम्यान र कायलिन एम्बा देखिएका छन्। तर उनीहरूले आज हुने फाइनलमा क्रोएसियाविरूद्ध ह्याट्रिक गर्नुपर्ने हुन्छ।
यो विश्वकपकै सबैभन्दा युवा कप्तान २४ वर्षिय ह्यारीले पाँच खेलमा ह्याट्रिकसहित ६ गोल गरेका छन्।
- ह्यारी केन - खेल- ६, गोल : ६, खेलेको समयः ५७३, पेनाल्टी गोल : ०३, हेडर गोल : १, गोलका लागि सहयोग : ००
- रोमेलु लुकाकु- खेल : ६, गोल : ४, खेलेको समयः ४७६, पेनाल्टी गोल :०, हेडर गोल :१, गोलका लागि सहयोग: १
- ग्रिजम्यान- खेलः ६, गोलः ३, खेलेको समयः ४८०, पेनाल्टी गोल २, हेडर गोलः ०, गोलका लागि सहयोगः २
- एम्बापे- खेलः ६, गोलः ३, खेलेको समयः ४४४ मिनेट, पेनाल्टी गोलः ०, हेडर गोलः ०, गोलका लागि सहयोगः ०
गोल्डन बलमा चार खेलाडीको ठक्कर
प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेल खेल्ने खेलाडीले गोल्डन बल पाउने गर्छन्।
यस दौडमा क्रोएशियाका कप्तान लुका मोड्रिक, फ्रान्सका युवा कायलिन एम्बापे र बेल्जियमका केविन डि ब्रुइन तथा एडेन हजार्ड छन्।
सन् १९९४ को विश्वकप पछि कुनै पनि विश्व विजेथता टिमका खेलाडीले यो पुरस्कार जितेका छैनन्। सन् १९९४ मा अमेरिकामा भएको १५०औं संस्करणको फिफा विश्वकपमा भने उपाधि विजेता ब्राजिलका रोमारियोले गोल्डेन बल जितेका थिए। यस पटक पनि र मोड्रिकसामू क्रोएशियालाई पहिलो पटक विश्व च्याम्पियन बनाउँदै यो उपलब्धि हासिल गर्ने मौका आएको छ।
- मोड्रिक- खेल : ६, गोल : २, पेनाल्टी गोल : ०, हेडर गोल : ०, गोलका लागि सहयोग: १
- एम्बापे - खेल :६, गोल :३, पेनाल्टी गोल : ०, हेडर गोल : ०, गोलका लागि सहयोगः १
- ब्रूइन - खेल : ६, गोल : १, पेनाल्टी गोल : ०, हेडर गोल :०, गोलका लागि सहयोग:१
- हैजार्ड- खेल : ६, गोल : ३, पेनाल्टी गोल : १, हेडर से गोल :०, गोलका लागि सहयोग: २
गोल्डन ग्लोव्समा ५ गोलकिपर
उत्कृष्ट गोल किपिङ गर्ने उक जना खेलाडीले गोल्डेन ग्लोब्स पाउँछन्। यसका लागि बेल्जियमका थिबट कोरटुइस, इंग्ल्याण्डका जर्डन पिकफोर्ड, मेक्सिकोका गुलेरमो ओछुआ, क्रोएशियाका डेनेजिल सुबासिच र फ्रान्सका ह्यूगो लरिस दौडमा छन्।
- कोरटूइस- खेल : ८- बचाउ : २७, खेलेको समयः ६३० मिनेटः बचाउ प्रतिशत : ८१.८ %
- पिकफोर्ड - खेल : ७, खेलेको समयः ६९० मिनेट, बचाउ : १७, बचाउ प्रतिशत: ६८%
- ओछुआ - खेल : ४, खेलेको समयः ३६० मिनेट, बचाउ : २५, बचाउ प्रतिशत : ८०.६%
- सुबासिच -खेल : ५, खेलेको समयः ५४० मिनेट, बचाउ : १२, बचाउ प्रतिशत: ७५ %
- लोरिस - खेल : ५, खेलेको समयः ४५० मिनेट, बचाउ : ११, बचाउ प्रतिशत : ७३.३ %