रसियामा जारी २१औं संस्करणको विश्वकप फुटबल २०१८ को फाईनलमा फ्रान्सले पहिलो हाफसम्म २–१ ले अग्रता लिएको छ।
खेलमा अधिकांश समय बल नियन्त्रणमा लिएको क्रोएसियाले ६१ प्रतिशत बल नियन्त्रणमा लिएको थियो।
फ्रान्सका लागि क्रोएसियाबाट पाएको उपहार गोलले अग्रता लिएको थियो।
खेलको १८ औं मिनेटमा मारियो मान्डुज्कीको आत्मघाति गोलमा फ्रान्सले अग्रता लिएको हो।
बल नियत्रणमा राखेको क्रोएसियाले खेलको २९औं मिनेटमा बराबरी गोल फर्कायो।
इभान पेरिसिकले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
लुजिनिकी रंगशालामा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै पुनः फ्रान्सलाई अग्रता दिलाए।
३८ औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई फेरि अग्रता दिलाए।
डि बक्सभित्र क्रोएसियाका खेलाडीले ह्यान्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। त्यसमा ग्रिजम्यानले सहजै गोल गर्दै खेलमा अग्रता लिए। यो ग्रिजम्यानको चौथो गोल हो।
पहिलो पटक विश्वकप फाइनल खेलिरहेको क्रोएसियाले अधिकांश समय फ्रान्सलाई दबाबमा राख्यो। पहिलो हाफसम्म ७ पटक पोष्टमा प्रहार गरेको थियो। जसमध्ये एउटा अनटार्गेट थियो भने ३ वटा अफ टार्गेट र ३ वटा प्रहार किपरले रोकेका थिए।
कर्नरमा पनि क्रोएसिया अगाडि छ। उसले कुल ४ वटा कर्नर पाएको छ भने फ्रान्सले १ कर्नर पाएको छ।
पास खेल्नेमा पनि क्रोएसियानै अगाडि छ। उसले २४४ पासमध्ये २०५ पास सहि थियो अर्थात ८५ प्रतिशत पास उसले गरेको थियो।
यता फ्रान्सले खेलेको ११९ पासमध्ये ८८ वटा सही पास थिए। उसले ७४ प्रतिशत सही पास खेलेको थियो।
क्षेत्र कभरमा पनि क्रोएसियानै अगाडि छ। उसले ४७ किलोमिटर दौडिएको छ भने फ्रान्स ४६ किलोमिटर दौडिएको छ।
रक्षक तर्फ पनि क्रोएसियानै अगाडि छ।
हेर्नुहोस् कस्तो खेल्यो पहिलो हाफ फ्रान्सविरूद्ध क्रोएसियाले तालिकामा