प्रहरीले बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु बोकेको ट्रक नियन्त्रणमा लिएको छ।
मंगलबार राति पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-८ भारतीय राजदूतावास चोकको सडकबाट ना४ख ८३३४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
राति साढे ९ बजे वीरगञ्जबाट उक्त ट्रक बुटवलका लागि जाँदै थियो। ट्रक रोकेर चेकजाँच गर्दा भन्सार केही सामानको मात्रै भन्सार प्रज्ञापन पत्र भेटिएको पर्साका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए।
धेरै सामानहरूको प्रज्ञापन नदेखिएपछि नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको बस्नेतले जानकारी दिए।
ट्रक र सामानको मूल्य एक करोड ६३ लाख मूल्यांकन गरिएको उनले बताए।
बुधबार पठाइएको ट्रक र सामानबारे अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख नारायणप्रसाद मैनालीले बताए।