सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com
...
बा! त्यो ढोका लगाइदेऊ अब
अब नबस मेरो बाटो हेरी
आमालाई खाना खान भन बुबा
तिम्रो छोरा अब आउँदैन फेरि
तिमीले आफ्नो ज्यान छर्किने यो छोराले
देशको लागी ज्यान गुमाइसक्यो।
मेरो के गल्ती थियो र बा?
देशको लागी बोल्नु?
हेर न बा,
ती नरभक्षीले त... मेरो
प्राण नै यो चोरी लगे
यो संसार त कस्तो क्रूर रहेछ
यहाँ त सत्ता नै सबै थोक रहेछ
तिनीहरूलाई मदेखि माया लागेन होला?
बा, तिमीले गर्व गर्ने यो दिमाग
तिनीहरूले छियाछिया बनाइदिए
'ठुलो भएपछि देशको सेवा गरेस्' भन्थ्यौ तिमी बा,
हेर त, मैले त ठुलो नहुँदै देशको सेवा गरेँ
'यो देशलाई परिवर्तन गर' भन्थ्यौ बुबा
मैले त इतिहासमै आफ्नो नाम लेखिदिएँ।
मेरो मृत्युमा आँसु नबगाउनु है बुबा
तिम्रो छोराको रगत व्यर्थ जाँदैन
मेरो मृत्युमा गर्व गर है बुबा
अब देश पहिले जस्तो रहँदैन
मेरो मृत्युमा गर्व गर है बुबा
अब देश पहिले जस्तो रहँदैन।
(ओजस्वी गौतम मिल्सबेरी स्कुल, काठमाडौँको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।)