नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालको दोश्रो ठूलो जीवन बीमा कम्पनी बन्न पुगेको छ। कूल बीमा शुल्क १२ अर्ब १६ करोडसहित प्रथम बीमा शुल्क चार अर्ब भन्दामाथि पुर्याइ दोस्रो बन्न सफल भएको हो।
अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७७/०७८ मा ७० प्रतिशतभन्दा बढी प्रथम बीमा शुल्क संकलन गर्न सफलभएको कम्पनीले जनाएको छ। त्यस्तै, नविकरण बीमा शुल्क समेत बृद्धि भएको बताइएको छ। आर्थिक वर्ष २०७६/०७७ मा ९ अर्ब २६ करोड ७४ लाख कूल बीमा शुल्क संकलन गरेकोमा २०७७/०७८ मा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमा शुल्क संकलन गरेको हो।
वित्तिय सूचांकमा नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाललाइफ हो। सो कम्पनीले गत आर्थिक वर्षमा करिब ३२ अरब ८४ करोड कूल बीमा शुल्क आम्दानी गरेको छ।