माछापुच्छ्रे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगन्तकहरुको लागि मोबाइल लकरको व्यवस्था गरेको छ।
बैंकले नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ।
नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक उड्डयन मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र माछापुच्छ्रे बैंकका अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरे।
आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउँदा आफ्नो मोबाइल फोन लकरमा सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्ने बैंकको भनाइ छ।
यो बैंकको १६२ बटा शाखा र १७५ शाखारहित बैकिङ सेवा, ७ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३४४ स्थानबाट सेवा दिइरहेको छ।
बैंकको देशभर २०३ बटा एटीएमहरु संचालनमा रहेको छन्।