सोमबार सेयर बजारमा ७ अर्ब १२ करोड बढीको सेयर किनबेच भएको छ। आज सेयर बजारको परिसूचक १९.४३ अंकले बढेर २,७८४.९५ पुगेको छ।
कारोबार भएका कुल कम्पनीमध्ये १११ वटाको मूल्य बढेको छ भने ७० वटा कम्पनीको मूल्य घटेको छ। बाँकी ९ कम्पनीको मूल्य भने स्थिर छ।
दिनभरमा २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार १३० सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३४ लाख २४ हजार ०३५ रूपैयाँको कारोबार भएको छ।
आज १३ उपसमूहमध्ये १० वटा उपसूचक बढेको छ भने ३ वटा उपसूचक घटेको छ। घट्ने उपसमूहमध्ये बैंकिङ, होटल एन्ड पर्यटन र म्यानुफ्याक्चर एन्ड प्रोडक्सनको हो।
आज मध्य-भोटेकोशी जलविद्युत कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। युनिअन हाइड्रोपावर लिमिटेडको ९.९९ प्रतिशत, कर्पोरेट विकास बैंकको ९.९८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ८.२० प्रतिशत र हिमालयन उर्जा विकास कम्पनीको सेयरको कारोबार ८.०५ प्रतिशतले बढेको छ।
नेपाल स्टक एक्सचेन्जकाअनुसार आज सबैभन्दा धेरै गुर्खा फाइन्यान्स लिमिटेडको सेयर कारोबार भएको छ। कम्पनीको २२ करोड ७४ लाख ४० हजार ९१७ रुपैयाँको कारोबार भएको हो।
त्यस्तै, एनटिसीको २१ करोड ८२ लाख ८४ हजार ७३ रुपैयाँ, हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डिभलप्मेन्ट लिमिटेडको २१ करोड ३ लाख ७४ हजार ६६४ रुपैयाँ, अपि पावर कम्पनीको १९ करोड २८ लाख १४ हजार ६९७ रुपैयाँ र राष्ट्रिय हाइड्रो पावर कम्पनी लिमिटेडको १८ करोड ९४ लाख ४६ हजार २१८ रुपैयाँको कारोबार भएको छ।