अब वाणिज्य बैंकहरूले आफ्नै लागि ऋणपत्रमा लगानी गर्दा (किनेको र बेचेको दुवैको जोड) प्राथमिक पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्।
हालसम्म प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे।
बैंकले आफूसँग मौज्दात रहेको परिवर्त्र्य विदेशी मुद्राको लगानी व्यवस्थापन तथा विनिमय दरमा हुने उतार चढावको कारणले हुन सक्ने जोखिम व्यवस्थापनको लागि ऋणपत्रमा लगानी गर्न सक्ने व्यवस्था छ।