अब विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने भएका छन्।
मौद्रिक नीतिमा घोषणा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले परिपत्रमा संशोधन गरेर यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।
हाल भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकले प्रतिपटक २५ सय अमेरिकी डलरसम्म साट्न पाइरहेका छन्।
अब भने प्रतिपटक तीन हजार अमेरिकी डलरसम्म साट्न पाउने छन्।
बैंकहरूले यसरी राहदानी बापत र औपचारिक भ्रमण बापतको सटही सुविधा परिवर्त्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोलि समेत) उपलब्ध गराउन सक्ने भएका छन्।