बजारमा कर्जाको माग नभएर बैंकिङ प्रणालीमा पैसा थुप्रिएको पैसा पटक-पटक गरेर तानिरहेको राष्ट्र बैंकले एक वर्षकै लागि पैसा तान्न लागेको छ।
राष्ट्र बैंकले पुस १४ गते (सोमबार) एकैपटक एक वर्षको लागि २५ अर्ब रूपैयाँ तान्न लागेको हो।
नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ 'क' नाम दिइएको ऋणपत्रको भुक्तानी २०८३ पुस १४ गते हुनेछ।
न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकमसम्मको लागि आवेदन दिन सकिनेछ।
बोलकबोलबाटै ब्याजदर निर्धारण हुनेछ भने यसमा बैंक तथा वित्तीय संस्थामात्रै सहभागी हुन सक्नेछन्।
अहिले एक वर्षभन्दा कम अवधिका विभिन्न उपकरणबाट राष्ट्र बैंकले तानेको रकम आठ खर्ब ५३ अर्ब रूपैयाँ बराबर छ।
बैंकिङ प्रणालीमा पैसा थुप्रिन थालेको दुई वर्षभन्दा धेरै भइसकेको छ।
यसबीच राष्ट्र बैंकले आफूकहाँ पैसा राखेबापत तिर्नुपरेको ब्याज खर्च सय गुणा बढेको देखिन्छ।
राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९-८० मा ८ करोड २० लाख रूपैयाँ ब्याज तिरेको थियो।
२०८१-८२ मा यो ९ अर्ब १३ करोड रूपैयाँ पुगेको छ। २०८०-८१ मा भने राष्ट्र बैंकले २ अर्ब १८ करोड रूपैयाँ ब्याज तिरेको थियो।
यस्तो ब्याज लागत चालु आर्थिक वर्ष २०८२-८३ मा थप बढ्ने देखिन्छ।
राष्ट्र बैंकले बैंकहरूमा उब्रिएको रकम निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता मौद्रिक उपकरणमार्फत तान्ने गर्छ।
पुँजी कम हुँदा बैंकिङ प्रणालीमा पैसा प्रवाह बढाउने गर्छ।
अहिले निक्षेप संकलन उपकरणमा औसत २.७३ प्रतिशत ब्याजदर छ भने स्थायी निक्षेप सुविधामा तीन दिनका लागि ३ प्रतिशत ब्याज छ।
यो पनि:
बैंकमा थुप्रिएको पैसा तान्न २ खर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक