शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से ११.५३ अंकले बढेर २७५३.६४ विन्दुमा बन्द भएको छ।
नेप्सेसँगै कारोबार रकममा पनि केही सुधार आएको छ।
बिहीबार ३ अर्ब ८९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ४ अर्ब २७ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३६ वटा धितोपत्रको एक करोड ३ लाख ४६ हजार ३७० कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ वटाको घटेको छ। यस्तै, आठ कम्पनी स्थिर छन्।
यसदिन माबिलुङ इनर्जीको मूल्य सर्वाधिक १०.०६ प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ७६४ रूपैयाँ ९० पैसा पुगेको छ।
यस्तै, सुपर खुदी हाइड्रोपावरको मूल्य ७.०७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ९५२ रूपैयाँ ९० पैसा कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ब्यालेन्स्ड् फण्ड रहेको छ।
उक्त योजनाको मूल्य २.५९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ४० पैसामा झरेको छ
यसैगरी, ग्लोबल आइएमई सम्मुन्नत योजना-२ को मूल्य २.५१ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३१ पैसामा सीमित भएको छ।
शुक्रबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको ३९८ रूपैयाँ २० पैसामा ४१ करोड ९२ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.२० प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३६८ रूपैयाँ ९० पैसामा २४ करोड २१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.४२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ।
यसमध्ये जलविद्युत समूहको परिसूचक सर्वाधिक १.२९ प्रतिशतले बढेको छ।