महालक्ष्मी विकास बैंकले जेठ ७ गते ३२औं वर्षमा प्रवेश गरेको छ।
३२औं वर्षमा प्रवेश गरेको अवसरमा जेठ २ गतेदेखि ७ गतेसम्म वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ।
वार्षिक कार्यक्रम अन्तर्गत जेठ २ गते बैंकको केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ।
विभिन्न स्थानहरूमा गरिएको वित्तीय साक्षरता कार्यक्रममा बैंकिङ सेवाहरू जस्तै मोवाइल बैंकिङ, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित विषयवस्तुहरू समेटिएको थियो।
साथै जेठ ४ गते बैंकको केन्द्रीय कार्यालयमा वृहत निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क दन्त तथा आँखा शिविर समेत सञ्चालन गरेको छ।
उक्त शिविरहरूमा करिब २०० जना व्यक्तिहरूको स्वास्थ्य, आँखा तथा दाँतको परिक्षण गरिएको थियो ।
यसका साथै बैंकले वार्षिकोत्सवको अवसरमा जेष्ठ ६ गते देश भरका विभिन्न प्रादेशिक कार्यालय र बैंकको केन्द्रीय कार्यालयमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
उक्त रक्तदान कार्यत्रमहरू मार्फत २०० पिन्ट रगत संकलन गरिएको थियो।
स्वास्थ्य क्षेत्रमा चुनौतीको रूपमा रहेको रगत व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले बैंकले ३२औं वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रमहरू सञ्चालन गरेको हो।
सोही दिन बैंकले संस्कृति प्रवर्द्धन तथा मन्दिर सरसफाईलाई प्राथमिकतामा राखी विभिन्न स्थानमा रहेका महालक्ष्मी मन्दिरहरूमा सरसफाई लगायतका सामग्रीहरू हस्तान्तरण गरेको छ ।
साथै ललितपुर महालक्ष्मीस्थानमा रहेको महालक्ष्मी मन्दिरमा बगैंचा प्रवर्द्धन/मर्मत सम्भार तथा डिजिटल दक्षिणा भुक्तानी प्रवर्द्धनको लागि समेत बैंकले सहयोग गरेको छ।
साथै बैंकले जेष्ठ ७ गते बिहिबार केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयहरू मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरूलाई स्थानीय भेषभूषा सहितको पहिरनमा उपस्थीत भई सम्बन्धीत भेषभुषाको प्रहसन समेत गरेको थियो।
सोही दिन नारायणहिटी नाराणस्थान गुठी व्यवस्थापन समिति, नारायणहिटीलाई खानेपानी ब्यवस्थापनको लागि पानी ट्याङकी हस्तान्तरण गरिएको छ।
अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा महालक्ष्मी विकास बैंकले स्थानीय साना तथा मझौला व्यापारहरूको प्रवर्द्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ हरेको वर्ष आयोजना गर्दै आएको 'महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता' मा संकलन गरिएका फोटोहरू समेत बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिएको छ।
वार्षिक उत्सवको महत्वपुर्ण कार्यक्रमको रूपमा रहेको र विगत ४ बर्षदेखि सफलतापूर्वक सञ्चालन गरिएको महालक्ष्मी कर्पोरेट क्रिक्रेटको पाँचौ श्रृङखला समेत यहीँ जेठ महिनामा बैंकले सञ्चालन गर्नेछ।