अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहमा नेपाल उद्योग वाणिज्य महासंघको प्ततिनिधमण्डलले पनि भाग लिएको छ। प्रधानमन्त्री केपी शर्मासँगै निजी क्षेत्रको छाता संगठनले पनि उक्त समारोहमा भाग लिएको हो।
उच्चस्तरीय प्रतिनिधिमण्डलमा रोजगारदाताका तर्फबाट महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल सहभागी भएको छ।
उक्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा औद्योगिक श्रम सम्बन्ध अत्यन्त सुमधुर रहेकाले नेपाल लगानीका लागि अत्यन्त उपयुक्त स्थल बन्दै गएको विश्व समुदायलाई जानकारी गराए।
प्रधानमन्त्री ओलीले सरकार, रोजगारदाता र टेड यूनियन बीच सौहाद्रपूर्ण सहकार्यमा श्रम तथा सामाजिक सुरक्षा ऐन पारित भएको र त्यसमा आइएलओबाट पाएको सहयोगको प्रशंसा समेत गरे।
सो अवसरमा महासंघको रोजगारदाता परिषद्का सभापति चन्द्र प्रसाद ढकाल र महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।