नेपाल एयरलाइन्सले बिदेशीबाट आन्तरिक उडानका लागि अमेरिकी डलरमा भाडा नलिने भएको छ। एयरलाइन्सका अध्यक्ष मदन खरेलले डलर फेयर खारेज गर्ने घोषणा गरेका हुन्।
नेपालमा बिदेशी र नेपालीका लागि फरक भाडादर रहेको छ। सरकारीदेखि निजी सबै एयरलाइन्सले बिदेशीका लागि डलरमा भाडा लिने गरेका थिए।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एयरलाइन्सहरुलाई डलर फेयर हटाउन प्रस्ताब गरेका थिए।
नेपाल एयरलाइन्सले डलर फेयर घटाउने घोषणा गरेपनि आन्तरिक उडानमा भने नगन्य छ।