राष्ट्रिय तथ्यांक कार्यालयले गरिबी दरका आधारमा स्थानीय तहको वर्गीकरण गरेको छ।
राष्ट्रिय जनगणना २०७८ र जीवनस्तर सर्वेक्षण २०७९/८० का आधारमा यो वर्गीकरण गरेको हो।
शुक्रबार सार्वजनिक प्रतिवेदन अनुसार सबभन्दा कम गरिबी रहेको पालिकामा मुस्ताङको घरपझोङ गाउँपालिका देखिएको छ। यहाँका ३ हजार ७२१ जसंख्यामध्ये १.१८ अर्थात् ४४ जना मात्र गरिबीको रेखामुनि छन्।
दोस्रो थोरै गरिबी दर भएको पालिका मोरङको केराबारी हो। यहाँका ३५ हजार ५०४ जनसंख्यामध्ये २.०८ प्रतिशत गरिबीको रेखामुनि छन्।
गोरखाको सहिद लखन गाउँपालिका तेस्रो स्थानमा छ। यहाँका २३ हजार ७६ जनसंख्यामध्ये २.७६ प्रतिशत गरिब छन्।
चौथोदेखि छैठौंसम्म क्रमश: झापाका तीन गाउँपालिका बुद्धशान्ति, हल्दिवारी र कमल छन्।
त्यस्तै, सातौंमा रूपन्देहीको तिलोत्तमा नगरपालिका, आठौंमा मुस्ताङको लो गेखर दामोदरकुण्ड गाउँपालिका, नवौंमा मनाङको नासेङ गाउँपालिका र दसौंमा तनहुँको बन्दीपुर गाउँपालिका छन्।
वर्षभरका लागि आधारभूत उपभोग्य वस्तुहरू जोहो गर्न नसक्ने स्थानीय तह गरिबीमा पर्छन्। राष्ट्रिय रूपमा वार्षिक प्रतिव्यक्ति ७२ हजार रूपैयाँ खर्च गर्न नसक्नेलाई गरिबका रूपमा गणना गरिन्छ। प्रदेश अनुसार यो दर फरक हुन्छ। नेपालमा कुल २० प्रतिशत जनसंख्या गरिबीमा पर्छन्।