आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत विभिन्न स्थानबाट १ सय ११ जना प्रतिस्पर्धी सहभागी हुने आयोजकको भनाइ छ।
तीन लाख छब्बिस हजार रुपैयाँ पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपालदास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिस संघका पूर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा गरे।
८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाले भाग लिने उक्त प्रतियोगिता शनिबारसम्म दशरथ रङ्गशालामा संचालन हुने आयोजकले जनाएको छ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित संस्था हो।