नेपाल सरकार स्वास्थ्यमन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा सन्चालित समुदाय रुपान्तरणका लागि प्रजनन् सचेतना (एफएुसीटि) परियोजनाको मूल कार्यक्रम अन्तर्गत खेलम आधारित नारी पाइला मोबाइल गेम एप उपलब्ध गराएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको वित्तीय प्रायोजनमा ग्रिड विकसितगरिएको नारी पाइला एप प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान प्रवाह गर्ने रमाइलोे खेलहरु हुन्।
यस एपमा ४ खेलहरु समायोजित छन् जसमा हरेक खेल किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी छुट्टा छुट्टै विषयहरुमा आधारित रहेका छन् । ४ खेलहरु मध्ये ‘नारी पाइला अचम्म’ र ‘नारी पाइला भ्रम निवारक’ पनि हुन््।
दुबै खेलले मोबाइल गेम मार्फत् राम्रोसँग समाजमा विद्यमान मिथ्या, गलतधारणा, तथा भ्रमलाई निवारण गरेको देखिन्छ । विभिन्न पात्र एवं चरित्रहरुको संयोजनले गर्दा खेल आफैमा रोचक एवं जीवन्त बन्न पुगेको छ । यसले परिवारका सम्पूर्ण सदस्यहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान समेत प्रदान गरेको जनाइएको छ।