आगामी असोज १२ गतेदेखि हिमालयन आर्ट फेष्टिबल हुने भएको छ। ५ दिनसम्म चल्ने फेष्टिबल बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुने भएको हो।
फेष्टिबलमा सयभन्दा बढी कलाकारका सिर्जना प्रर्दशनीमा राखिने भएको छ।
हिमालयन आर्ट फेष्टिबल ९ वर्ष अघि स्थापना भएको हो। यसले नेपाली कला संस्कृतिको जर्गेना गर्न मद्धत गर्दै आएको छ।