डा बन्सी शर्मा
दसैमा खसि, बोका, च्याङ्ग्रा अत्याधिक खपत हुन्छ। अस्वस्थ पशुको मासु खादा मानिसलाई पनि रोग लाग्न सक्छ।
अहिले पशु सेवा विभागले जाच गरेका खसि, बोका, च्याङ्ग्रा ९९ प्रतिशत भन्दा धेरै स्वस्थ्य छन्। र हामीले स्वस्थ पशुको सिङमा हरियो र अस्वस्थ पशुको सिङमा रातो चिन्ह लगाएका छौ।
खसी, बोका, च्याङ्ग्रा किन्दा केही कुरामा ध्यान दिनु पर्छ। पशुको अनुहार हेर्दा आखा चम्किलो, चिप्रा नलागेको, सिगान नबगेको, खोकि नलागेको, फुर्तिलो, चन्चल, टाठो पशुहरु छान्नु पर्छ।
त्यसको बर्कौला पनि सामान्य हुनुपर्छ। पखला लागेको, ज्वरो आएको खसी, बोका, च्याङ्ग्रा खरिद गर्नु हुदैन। अस्वस्थ्य खसी बोका बद गर्नै हुदैन। पशु बद गरेपछि पनि राम्रो सगँ रगत निकाल्नुपर्छ। र सफा गर्न पनि सफा गर्नुपर्छ।
त्यस्तै खाने अंग र नखाने अंगलाई पनि छुट्याउनु पर्छ र भित्र्यासहरु र अरु मासुलाई छुट्याउनु पर्छ।सबैभनदा ध्यान दिनुपर्ने कुरा कुनै पनि अंगमा कुनैपनि रोग देखिए। दाग चिन्ह अस्वभाविक देखिए त्यो अंग खानु हुदैन।
मासुलाई प्रिजमा राम्रो सग स्टोर गर्नुपर्छ र प्रत्यक पटक खानु भन्दा पहिला तताउनु पर्छ।
शर्मा पशु सेवा विभागका महानिर्देशक हुन्