नेपालमा खाडी मुलुकबाट समेत पानी आयात भएको छ।
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनामा संयुक्त अरब इमिरेट्सबाट ३ सय ९१ लिटर पानी आयात भएको छ।
३ महिनामा ११ मुलुकबाट १० लाख ९१ हजार ४ सय १८ रुपैयाँको पानी आयात भएको छ। यो अवधिमा कुल १७ हजार ४ सय ३८ लिटर पानी आयात भएको हो।
यी मुलुकमध्ये फ्रान्सबाट सबैभन्दा धेरै १० हजार ६ सय २२ लिटर पानी आयात भएको छ।
गत आर्थिक वर्षको यही अवधीमा ९४ लाख ७० हजारको पानी आयात भएको थियो।