बानियाँटारस्थित काठमाडौं यूरो स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ।
यस वर्ष विद्यालयले १०० प्रतिशत ए+ नतिजा ल्याउँदै ३.८९ औसत जिपिए कायम गर्न सफल भएको छ।
विद्यालयका अनुसार एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् भने पाँच जना विद्यार्थीले ३.९५ जिपिए हासिल गरेका छन्।
त्यसैगरी, एक जनाले ३.९१, चार जनाले ३.९०, एक जनाले ३.८६, दुई जनाले ३.७८ तथा दुई जनाले ३.७७ जिपिए प्राप्त गरेका छन्।
विद्यालयले यस उपलब्धिलाई काठमाडौं उपत्यकाकै उत्कृष्ट नतिजामध्ये एकको रूपमा लिएको छ।