काठमाडौंको सुकेधारास्थित क्यामेड कलेज र कुमारी जवबीच इन्टनशीप तालिम तथा रोजगारी सम्बन्धी सहकार्य भएको छ।
आइतबार गरिएको उक्त सहकार्यमा क्यामेड कलेजका सिइओ काशिनाथ खनाल र कुमारी जवका एमडी सन्देश भण्डारीले हस्ताक्षर गरेका हुन्।
कलेजका सिइओ खनालले यस सम्झौताले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथै उनीहरुको उज्वल भविश्य निर्माणमा कुमारी जबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए।
यस्तै कुमारी जवका एमडी सन्देश भण्डारीले यि दुई संस्थाबीचको सहकार्यले विद्यार्थीहरुलाई उचित तालिम प्रदान गरी उनीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्नु बताए। यससँगै उनीहरुलई रोजगारको सहजता प्रदान गरिने उनको भनाइ छ।
सम्झौताअनुसार क्यामेड कलेजमा बिबिए अध्यनरत विद्यार्थीहरुले रोजगारीको लागि प्रयोगात्मक तालिम तथा इन्टनसिपको अवसर र रोजगारीको अवसर पाउनेछन्।
जस अन्तर्गत ७ औं सेमेस्टरका विद्यार्थीलाई इन्टनसिपका लागि प्रयोगात्मक तालिम दिइने छ। विभिन्न संघसंस्थामा इन्टनसिपका लागि सहजता प्रदान गरिने छ।
यस्तै ८ औं सेमेस्टरका विद्यार्थीलाई रोजगारीका लागि प्रयोगात्मक तालिमसँगै जब मेलाको आयोजना गरीने छ।
उक्त मेलामा कम्तिमा १० स्थापित उद्योग संघ संस्थाहरूले स्वयम् उपस्थित भएर अन्तर्वार्ता लिनेछन्। जव मेलाबाट विद्यार्थीहरुलाई जागिरका लागि छनौट गरिने बताइएको छ।
क्यामेड कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ।
यस्तै कुमारी जव ६ वर्षदेखि मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा निरन्तर काम गर्दै आइरहेको छ। यसले कलेज र कर्पाेरेटसँग विद्यार्थीहरुलाई जोड्न गरी विभिन्न तालिम तथा रोजगारीमुलक कार्यक्रम पनि चलाउँदै आइरहेको छ।