नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारीक विक्रेता लक्ष्मी हुण्डाईले गण्डकी प्रदेश सरकारलाई ५० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।
हुण्डाई मोटर कम्पनी कोरियाको सौजन्यमा उक्त सहयोग कोभिड–१९ को उपचारका बेला चाहिने आवश्यक स्वास्थ्य सामग्रीहरु गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ।
कोरोना संक्रमणलाई रोकथामका मद्दत पुगोस भनेर सहयोग गरिएको कम्पनीले बताएको छ।