Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, असोज ५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

कोम्बी

प्रणिका कोयू

कोम्बी

अँधेरीलाई चिर्न राँको बालेर

सिंहा लखेट्न सिठ्ठी फुक्दै

कम्मरमा कोम्बी राखेर

म आउँदैछु

बाँसघारीनिर ढुकेर बस् तँ

या कुनै कुइनेटोनिर

म निर्धक्क एक्लै आउनेछु

पटुकीमा मेरो कोम्बी राखेर

 

 

थाहा छ,

तँ एक्लै नहुन सक्छस्

हुनेछन् तेरा लठैतहरू साथ

झम्टन म माथि हरदम तयार

 

तँहरू सबलाई नजरमा राखेर हर क्षण

म घाँस काट्छु, झिक्रा झार्छु

गित गाउँदिन पहिले जसरी

अनि साथीहरू भन्दैछन् मेरो वेग बदलियो

र सँगै बदल्दैछन् उनीहरू आफ्नै गति स्वयँ पनि

 

हामी हिजोआज कोम्बी बोक्दैनौं

हामी कोम्बी भिर्छौं

हामी घाँस काट्दैनौं

उखेल्दैछौं जरासँगै

 

हामी, तयारी गर्दैछौं त्यो दिनको

जब तँ आउलास् चुहाउँदै  र्याल हाम्रो अगाडी

र तेरो जिब्रो थुत्नेछौं - जरै उखेलेको घाँसजस्तै

हामी, तयारी गर्दैछौं त्यो दिनको

जब तँ र तेरा लठैत बाटो छेक्नेछन् हाम्रो

अनि हामी काट्नेछौं सबलाई किटिकिटि - हरिया हाँगालाई जस्तै

हामी तयारी गर्दैछौं त्यो दिनको

जब तँ सुतिरहेको हुन्छस् लुकेर कुनै कुनामा

अनि हामी धावा बोल्नेछौं त्यसरी नै

जसरी जान्छ पहिरो मेटाइ सारा जिवनका चिन्हहरू

 

हो,

अँधेरीलाई चिर्न राँको बालेर

सिंहा लखेट्न सिठ्ठी फुक्दै

राखेर कोम्बी कम्मरमा

 

कुनै धामी हैन बरू आउनेछौं हामी

बुझिराख् ए "विर्यधारी"

चुनौती म अनि मेरो कोम्बीको

 

  • कोम्बी भनेको किराँत समुदायमा छोरीहरूलाई गुन्यूचोलो दिँदा दिइने हँसिया जस्तो हतियार हो। यसलाई मेलापात गर्दा मात्र नभएर किराँती महिलाहरूले हरदिन बोक्ने हतियार या गहना हो जसलाई मृत्युपर्यन्त पनि उनिहरूसँगै विसर्जन गरिन्छ।


 

 
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०७४  ०८:५५
सिफारिस
ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने
ओली प्रधानमन्त्री हुँदा लगेका तीन शक्तिशाली विभाग आज फिर्ता हुने
'यस्तै अवस्था रहे एक अर्बमा बनेको रंगशाला केही वर्षमै कबाड हुन्छ'
'यस्तै अवस्था रहे एक अर्बमा बनेको रंगशाला केही वर्षमै कबाड हुन्छ'
कमजोर बन्यो मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने
कमजोर बन्यो मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षा हुने
सभापतिलाई मनाउने हो, फकाउने हो, नमाने अघि बढ्ने हो, यसपालि छाड्ने होइन– गगन थापा
सभापतिलाई मनाउने हो, फकाउने हो, नमाने अघि बढ्ने हो, यसपालि छाड्ने होइन– गगन थापा
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं!
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं!
रास्वपाले निलम्बन गरेका वडासभापति भन्छन्- प्रदर्शनमा केन्द्रीय नेताहरू पनि देखिए, कारबाही  तल्लो तहकाले मात्रै भोग्नुपर्‍यो
रास्वपाले निलम्बन गरेका वडासभापति भन्छन्- प्रदर्शनमा केन्द्रीय नेताहरू पनि देखिए, कारबाही तल्लो तहकाले मात्रै भोग्नुपर्‍यो
प्रतिक्रिया दिनुहोस्

विचार

सन्तोष रिमाल
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं! सन्तोष रिमाल
डा. यादव पण्डित
नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र डा. यादव पण्डित
अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल
भोजराज पोखरेल
यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन! भोजराज पोखरेल

ब्लग

सुशान्त सिग्देल
कांग्रेसजनलाई खुला पत्र सुशान्त सिग्देल
सुशिला थापामगर
ढिला भएन र बा-आमा घुमाउन! सुशिला थापामगर
खेम गैह्रे
मैले सहर रोजेँ, छोराले विदेश रोज्ला! खेम गैह्रे
किरण बञ्जाडे
स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना! किरण बञ्जाडे

साहित्यपाटी

रन्जीत आचार्य
म उद्यमी कि अपराधी? रन्जीत आचार्य
सुदृष्टी चापागाईं
संविधान दिवसको शुभकामना! सुदृष्टी चापागाईं
गोपी मैनाली
त्यसैले म साहित्य पढ्छु! गोपी मैनाली
अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP