Ncell
Setopati
x
Ing
Setopati
x
Ing
Nic asia bank
Nic asia bank
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, कात्तिक २३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ती ३७ दिन

हर्कबहादुर लामगादे 'रोहित'

मंसिर ५
gibl
gibl
gibl
gibl
हर्कबहादुर लामगादे 'रोहित'।
हर्कबहादुर लामगादे 'रोहित'।
Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

रातिको दुई बजेको थियो। ट्राइबल होस्टेल परिसर छाडेर चारैतिर निस्पट्ट अँध्यारो थियो। फिलिप्सको बल्बमा किराहरू किरिरिररर गर्दै नाँच्दै थिए। गुणावती र उनको भाइ सुमन कोठा बाहिर त्यहीँ बल्बको तल उभिएका थिए।

एक्काइस वर्षकी गुणावती, सानो कदको भएतापनि उनको रूपको कद निकै लामो थियो। राम्री, कोमल स्वभाव भएकी गुणावतीको हँसिलो मुहारमा लेशमात्र पनि मुस्कान थिएन त्यो घडी। आँखा सुन्निएका थिए। अनिदोले आँखा धुलो पसे जसरी बिझाएका थिए। पाखुरामा बल भने सक्किएको थियो।

दुवै खुट्टा सुनिएर लौकाको आकार जस्ता भएका थिए। चिमोट्दा पनि उनलाई दुखेको अनुभव भएको थिएन। एकचोटि चिमोटेर पनि हेरिन्। जीउ गलेर ओइलाएको साग जस्तो भएको थियो। उनलाई जीउ छाडेर सुत्ने मन भएको थियो।

अँध्यारोसँग सधैँ डराउने गुणावती आज थाकेर होला, उनको अँध्यारोसँग डराउने डर पनि डाँडापारि गइसकेको थियो। श्मशानमा ओछ्यान् लगाए पनि उनी सुत्ने थिइन्। आफ्नै ट्रली ब्यागका माथि थ्याच्च बसिन्।

औपचारिकता गर्न आवश्यक थियो। चाहे दिनमा पुगौँ कि रातमा। दुवैजनाको टेम्प्रेचर नापिसकेँ। क्वारेन्टाइन हुन भाइलाई भिन्नै कोठा आवंटित भयो। कोठा देखाउने मान्छेले उनलाई ‘बेड न. २१ हो तेरो’ भनेर देखाइदियो।

आखिर करोना कालको स्थिति त्यो समय भयानक थियो। उनी झसंग भइन्। उनलाई बिरामी भएर अस्पतालमा भर्ती भए जस्तो लाग्यो। त्यो कोठामा गुणावती बाहेक अरू दुई जना नगिनी केटी थिए। रातिको खाना खाएका थिएनन्। चार दिन भइसकेको थियो मज्जाले खाना नखाएको।

आधा घण्टापछि खाना आयो। खाना खाइसक्दा विस्तारामा पल्टि हालिन्। सधैँ फेसबुक, ह्वाट्सयाप, इन्स्टा, म्यासेन्जरमा गफ गर्दा पनि चाँडै ननिदाउने आज पल्टी सक्दा निन्द्राले उनलाई समुद्रको गहराइभन्दा बढी निन्द्राको गहिराइमा डुबायो।

Laxmi bank
Laxmi bank

गल्नु पनि स्वभाविक थियो। चार दिनको रेल अनि बस यात्रा गरेर काकाको छोरा सुमनको साथ आफ्नो जिल्ला सेनापति राति दुई बजे पुगेकी थिइन्। आफ्नो ठाउँ पुगेर पनि तिनी भाइसँग घर जान पाएको थिइनन्। सरकारको नियमानुसार क्वारेन्टाइन अनिवार्य थियो।

भोलिपल्ट दश बजे छेउछाउको शोरगुलले उनको निन्द्रा खुल्यो तर पनि अनिदोको अनुभव गरी राखेकी थिइन्। कोठामा अरू दुईजना भएका केटीसँग चिन्जान् गरिन्। एक जना केटी उनकै गाउँको रहिछे। गुणावतीभन्दा दुई-तीन साल ठूलो थिइ होली।

Ncell
Ncell

नयाँ ठाउँको नयाँ साथी क्योदोइ एकदम मज्जाकी थिइ। उनलाई बहिनी जस्तै व्यवहार गर्ने। क्योदोइ पनि गुणावती आएको रेलमै आएकी थिइ। रेलमा पाएको कष्ट उसलाई राम्ररी थाहा थियो। गुणावतीलाई धेरै माया गर्ने। उनको टाउको, जीउ, खुट्टा मालिस गर्दिने।

उसलाई थाहा थियो, चार दिनको यात्रा पीडादायक थियो। शरीरलाई आराम दिन मालिस र स्याहरको आवश्यकता छ भनी क्योदोइले गुणावतीलाई निस्वार्थ भावमा दिदी जसरी माया र सेवा गरी। केही खाने कुरा हुँदा बाडेर खाने गर्दथे। यसरी दुई जनाको आपसमा मित्रता घनिष्ट भयो। उसकै साथ पाएर पनि गुणावतीले सजिलो गरी जिल्ला क्वारेन्टाइन पूरा गर्न सकिन्।

क्योदोइले गुणावतीलाई आफ्नो यात्राबारे सबै सुनाइ। कसरी रेल समातेको थिइ? बाटोमा के कति कष्ट सहनु परेको थियो? क्योदोइले आफ्नो सुनाइ सकेर गुणावतीलाई भनी, ‘तिमीहरू कसरी आयौँ? घरमा बा-आमा डराउनु भएन कोरोना हुन्छ भनेर?'

गुणावती एकछिन एकोहोरिएर आफ्नो वृतान्त भन्न लागिन्- 'हामीलाई पनि यहासम्म आई पुग्न धेरै साह्रो पर्यो। साथै मैले यो यात्रादेखि धेरै सिक्न पनि पाएँ। म बैंगलोर आएको एक साल पनि बितेको थिएन। पढाइ गर्ने भनेर गएकी बीचमै आउनु पर्यो। कोरोनाले निकै आपत् पार्यो मेरो जीवनमा पनि।

के गर्नु, के गर्नु भएको थिएँ म त। अप्रिलदेखि लागेको सम्पूर्ण लकडाउनको परिणाम स्वरुप मेरो कलेज पनि बन्द भएको थियो। कोठामा हामी तीन जना बस्थ्यौँ। म, मेरो काकाको छोरो सुमन अनि मामाको छोरी सबिता। कोरोनाको कहर जति बढ्दै थियो बा-आमाको हामी प्रति चिन्ता त्यति नै बढ्दै थियो।

हामीलाई पनि डर लाग्न थालेको थियो। सबिता त्यही जागिर गर्थी। भाइ पढाइ गर्थ्यो। सबिताको काम छुट्यो। सबै कोठाभित्र थुनेर बस्न लाग्यौँ। कोरोनाको डर अनि यसरी बसी-बसी कहिलेसम्म जीविका चल्छ भन्ने अलग्गै पिर हुन लाग्यो। आमालाई मेरो प्रति चिन्ता धेरै भएकोले गर्दा दिनै कल गर्नु हुन्थो।

कहिले काहीँ त फोनमा रूने। आमाले घर आइज भनेर त दिनै भन्नु हन्थो तर जाने कसरी? रेल सेवा बन्द, फ्लाइट सेवा बन्द। हिँडेर जाउँ भने घर तीन हजार किमी जति टाढा थियो।

सरकारले स्पेशल ट्रेन चलाएर अड्केका विद्यार्थी अनि मजदूरहरूलाई घर पुर्याउने उपाय निकाल्यो। मलाई पनि घरबाट आउनु भन्नु भयो। अनलाइन रजिस्ट्रेशन गरेँ। हप्तामा दुईटा जति जिरीबम्बको लागि स्पेशल ट्रेन चल्न लागे। पहिलो ट्रेन गयो, हाम्रो नम्बर आएन। दोस्रो ट्रेन गयो, फेरी पनि आएन। तब हामीलाई धेरै पीर हुन लाग्यो।

घरबाट पैसा पठाएको पनि सकिन लागेको थियो। स्कुल बन्द हुने भएर उता बाबाको पनि तलब आउन बन्द भएको थियो। स्कुलमा अध्यापक हुनुहुन्थ्यो। कसरी बाबाले मलाई यो स्थितिमा पार लगाउन सक्नु हुन्थ्यो होला! घर जाने भन्ने सपना देखे जस्तो मात्रै लाग्न थाल्यो। कोरोनाले समात्यो भने के होला भनी मनै डरले काप्न थाल्थ्योँ। अब घर कसरी जाउँ भनेर उपाय सोच्न लागेँ।

केन्द्र सरकारमा, मन्त्रीको साथमा एकजना हाम्रै आफन्ता पर्ने चिनजानको दादा हुनुहुन्थ्यो। उहाँलाई दुई/तीन सालदेखि चिनेको थिएँ। बीच-बीचमा कुरा भइ रहन्थ्यो। ऊहाँ धेरै मज्जाको अनि परोपकारी चरित्रको हुनुहन्छ। उहाँलाई कल गरेँ।

कुरा भयो। सबै वृतान्त भनेँ। दादाले सबै रेजिस्ट्रेशनको डिटेल्स लानु भयो। मणिपुर राज्य सरकारको नोडल आफिर नियुक्त भएको सचिवलाई भनी दिनु भयो। त्यसपछि तेस्रो ट्रेनमा जानुको लागि मेसेज अनि कल आयो।

मेसेज र कल आएको, दादाले गरेको अनुशंसाले थियो या सामान्य रूपमा आएको थियो, त्यसको पुष्टि मलाई अझै थाहा छैन। तर घर जानको लागि नम्बर आउदा खुसीले आकाश नाप्दै थियो। तर कसरी जाने? कतै कोरोना भयो भने? प्रश्नहरू साथसाथै उम्री राखेका थिए।

हामी तीन जना ट्रेनमा बस्यौँ। हामी बसेको ठाउँमा अरू तीन जना केटी थिए। ट्रेन चढेर सामान सीटमुनी खाँदी सकेर सासै मात्र फेर्दै थिएँ कि हामी बसेको अघिल्लो सीटमा एउटा बीस-पच्चीस वर्षको केटा बसेको थियो। हाम्रो सीटतिर बीच-बीचमा पल्याक पुलुक्क हेर्दै थियो।

यता-उता गर्दा मेरो नजर त्यो केटातिर गयो। केटो सायद नागा या चिरो समुदायको थियो होला। मतिर हेरेको हेरै भयो। आँखा पनि झिम्काएन। थररररर काप्न लाग्यो। आँखा माथि हेर्दै पल्टायो। उसको हात बटारेर काप्न लाग्यो। मुखबाट सेतो फिँज काड्यो। फिँज चुहिएर घाँटीसम्म आयो।

त्यो केटाको अवस्था देखेर मेरो त सातो नै गयो। सबिता पनि डरले मेरो हात समातेर टोलाएर हेर्न थाली। स्थानीय पुलिसले केटालाई लिएर गए। हामी ढुक्क भएर बस्यौँ। त्यो केटाको अवस्था देखेर बाह्र घण्टा अघि भोगेको थकाइ कता हरायो थाहा पनि पाएनौँ।'

बीचमा कुरा काटेर क्योदोइ भन्छे, ‘तिमीहरूलाई ट्रेनको पास लिन गाह्रो भएको थिएन?’

गुणावती प्रश्नको उत्तर दिदै भन्छिन्, 'भोलिपल्ट ट्रेन जान्छ भन्ने थाहा पाएपछि राति नै ब्याग पैक गर्यौँ। बिहानको तीन बजी उठेर तयार भयौँ। अनलाइन ट्याक्सी बोलायौँ। ट्याक्सी आयो। कोरोनाले गर्दा एक साल नभइ यो कोठा छोडेर जानु पर्यो। एकै ठाउँमा धेरै दिन बस्दा, त्यो ठाउँप्रति माया बस्दो रहेछ।

कति नमिठो लागेको थियो कोठा छोड्न। ट्याक्सीमा बस्नु अघि, पछि फर्केर कोठातिर हेरेँ। मन चिसो भएर आयो। मनमा गाँठो पर्यो। भकानो छुटेको थियो तर आफूलाई नियन्त्रण गरेँ। मुखमा माक्स, हातमा ग्लब्स्, सानो हेन्ड ब्यागमा सेनीटाइजर थियो। मलाई त लुट्न हिँडेको जस्तो पनि लाग्दै थियो।

दुई घण्टामा हामी रेलवे स्टेशनदेखि आधा घण्टाको दूरी ग्राउण्डप्यालेस भन्ने ठाउँमा पुग्यौँ जहाँ हाम्रो स्क्रिनिङ र रेलमा बस्ने पास उपलब्ध हुनेवाला थियो। आँखाले नभ्याउने क्यू थियो। क्यूमा पर्खिदा-पर्खिदा गर्दा पनि हाम्रो नम्बर आउन आटेन। बिहानी नौँ बजेदेखि पर्खेका, दुई बज्न आट्यो, नम्बर आउछ भन्ने आशै हराइसक्यौँ।

पछाडि सानो ब्याग, हातमा ट्रली ब्याग, अनि दुइटा अरु ब्याग। सबै मिलाए ४० किलो जति वजन थियो होला। झण्डै मेरो वजन जति त मेरै सामानको थियो। त्यो सम्हाल्न गाह्रो भएको महशुस गर्दै थिएँ। मनमा थरि-थरिका कुरा पनि चल्दै थिए।

कतै यस्तो भीडमा आउने भएर कोरोनाले समात्यो भने? बिना बित्थाहमा डि-फार्म पढ्न बैंगलोर आइछु? ट्रेन पाइएन भने? आमा-बाबालाई नदेखि मरिन्छ होला? जस्ता कुराले मलाई उकुसमुकुस् बनाउदै थियो। अचानक सबै हल्ला गर्न लागे- ‘ट्रैनको कोटा फुल भयो, अब बाँकी जनालाई पास मिल्दैन अरे।’

मनमा आउदै गरेको प्रकाशमा बादल लागे जस्तो भयो। हामी रून मात्रै सकेनौँ। रिस पनि उठ्यो, किस्मत नै फुटेको जस्तो लाग्यो। त्यही माथि भोकले हैरान पारेको थियो। छेउछाउ कुर्नेहरू फर्केर जान लागे। हामी तीन जना पनि फर्किउँ भन्ने सल्लाह गर्यौं। सोचेँ, सोचेँ अनि फेरी सोचेँ। त्यसपछि मैले सबितालाई भनेँ, अन्तिम प्रयास गरौँ न? कतै मौका पाइन्छ कि?’ दुवैले हुन्छ भने।

ट्रोलीको हेन्डल कस्सेर समातेँ। दुइटा ब्याग दुईतिर काँधमा भिरेँ। म लडाइको लागि तयार भएको थिएँ। दश जना मान्छे देख्दा डराउने मान्छे त्यो समय म भीडको बीचमा कमिलो समान थिएँ तर मनमा जुन उत्साह अनि घर जाने चेष्टा उत्पन्न भएको थियो, सायद त्यो उत्साह र चेष्टा त्यो भीडमा कोहीसँग थिएन हाला!

गर्मी हुँदै थियो। जीउमा उष्णता छुट्दै थियो। अनुहार रातो-पिरो हुँदै थियो। ट्रेन पास पाउने चेष्टाको ज्वार उठेको थियो। म त्यो भीडलाई चिर्दै अघि बढ्न लागेँ। धक्का र मुक्की गर्दै बढ्दै थिएँ। भीडमा महिलाभन्दा पुरूष थिए। तर मेरो गति पुरूषभन्दा कम थिएन।

म आफै सोच्दै थिएँ, आज कसरी यति बल म भित्र आएको होला? त्यो भीड मेरो लागि युद्धको मैदान समान थियो। त्यो रणमा म आफूलाई झाँसीकी रानी लक्ष्मीबाइ जस्तो महशुस गर्दै थिएँ। हुन पनि म रानी लक्ष्मीबाइ जसरी नै भीडलाई चिर्दै अघि बेगसँग जादै थिएँ।

साथै मेरा सैनिक भाइ अनि सबिता युद्धमा मेरो अनुरूप लडाइमा साथ दिइराखेका थिए। आखिर हामीले युद्धमा विजय प्राप्त गर्यौँ। ट्रेनपास पायौँ। रेलवे स्टेशन जानलाई बसमा बस्यौँ। खुसीको स्तर यस प्रकारको पनि हुन्छ भन्ने कुरा त्यो घडी थाहा पाएँ।

जीवनमा कहिले हार खानु हुँदो रहेनछ भन्ने ठूलो मन्त्र त्यो बिजयबाट सिकेँ। प्रयास नै बिजय दिलाउने यन्त्र रहेछ भन्ने कुरा मनमा सधैँको लागि अंकित भयो। यस प्रकारको लडाइ लडेर हामी ट्रेनमा बस्यौँ।

‘आम्मामा, तेरो सफर त खतरनाक रहेछ त गुणावती’ भनी क्योदोइले। फेरी गुणावतीलाई सोध्छे, 'अनि त्यो फिँज काँडेको केटा मर्यो कि के भयो?'

गुणावती भन्छिन्, 'मरेन, ट्रेन बेलुका छ बजे आफ्नो गन्तव्य जिरीबम्बको लागि हाकिएको थियो। ट्रेन चल्नु आधा घण्टा अघि त्यो केटा आयो। एकदम सामान्य भएर आएको थियो। पूरै सफरमा मुसुमुसु हाँस्दै हामीतिर हेर्दै आयो।

सुन्नु न! तीन दिनको ट्रेन सफरमा कति हाँसो लाग्ने अनि बिरक्त लाग्ने चीजहरू घटे' गुणावती अझै चासो देखाउदै आफ्नो घटना भन्दै थिइन्।

'हुन्छ, भनन। मज्जा आउदै छ तिम्रो यात्रा विवरण सुन्नलाई।'

गुणावती भन्न लाग्छिन्...

'हामी मणिपुरबासी, नुन खोर्सानी, चटपट, सिञ्जु जस्तो चीजहरू रूचाउने। ट्रेनमा गुलियो भात दिन्थ्यो। मैले त मरी मरी खाएको थिएँ। पूरै सफरमा दुई चोटि खाएँ होला। ब्याग प्याकिङ गरेको पख प्याज, हरियो खोर्सानी राखेकी थिएँ। सिटमा भएका ती गमक्क परेर बस्ने अल्छि लाग्दा केटीले भाँडा, छुरी लिएर आएका रहेछन्।

मुरई ट्रेनमा दिएका थिए। चटपट बनाएर खाएको थियौँ। सरकारको गुलियो भात, ब्रेड अनि मुरईले तीन दिनको सफर काट्न निकै गाह्रो भयो। सुत्न कति मन हुन्थ्यो तर एक सीटमा तीन जना हुनाले मिलेको थिएन। गर्मीको महिना हुनाले तीनै जना टाँसिएर सुत्न पनि मिल्दैन थियो। पालो-पालो गरी सुत्थ्यौँ।

तर सफरमा रमाइलोको पनि कमी थिएन। मेरो दिदी सबिता, दिदीभन्दा बढी साथी थिइ। हामी साह्रै मिल्ने। प्रेमी-प्रेमिका समान। ऊ साह्रै हँसिली, हँसाउने चरित्रकी। कोही पनि ऊसँग साथ हुँदा नउबाउने। पूरै सफरमा जोक्स सुनाएर हँसाइ।

सफरको दोस्रो दिन मध्यरातमा मलाई बाहिर जान मन भयो। ट्वाइलेट पनि हामीदेखि दुई डिब्बा काटेर जानु पर्थ्यो। एक्लै जान अल्छि लाग्यो, साथै डर पनि। सबितालाई साथ जाउँ भने तर उसले मानिन निन्द्रा लाग्दै छ भनेर। रिस उठ्यो तर के गर्ने जानु नै थियो।

रातिको एक बजेको थियो। प्रायः सबै सुतेका थिए। ट्रेन खट्अटखटटट गर्दै आफ्नो बेगमा जादै थियो। म ट्रेनको विपरित दिशातिर जादै थिएँ। यता-उता हेर्छु, डर-डर लाग्यो। सुइ-सुइ जादै थिएँ। ट्वाङ गरेको आवाज सुनेँ, सायद पटरीको ढुंगा उछिटेएर होला।

मेरो त सातो नै गयो। फर्किउँ कि जस्तो लाग्यो तर म थाम्ने स्थितिमा थिइनँ। जान पाँच मिनट लाग्यो। फर्किदा त म दुई मिनटमै आएँ, रेलको भन्दा बढी गतिमा।

तेस्रो दिनमा एउटा सानो घटना भयो। बिहार राज्यमा हामी प्रवेश गरेका थियौँ। एउटा स्टेशनमा दुइटा बिहारी चढे। दैलोतिर उँभिएका थिए। सबैले कुरा काट्न थाले। यो स्पेशल ट्रेनममा कसरी यी आएका? मलाई पनि रिस उठ्यो ती बिहारीसँग।

कति प्रकारका कुरा पो आए मेरो मनमा त। कतै चोर्न आएका हैनन्? कोरोना फैलाउने जमातीहरू त हैनन्? यति के सोच्दै थिएँ कि रेलमा भएको जवान केटाहरूले ती बिहारीलाई हप्काउन लागे। अर्को स्टेशनमा ब्याग फ्याँकेर, हुत्याउँदै झार्दे।

मनमा बल्ल ढुक्क भयो। ढुक्क त कहाँ हुनु र, आमा-बाले धेरै पिर लिनु भएको थियो। दिनमा दश बार जति कल गर्नु हुन्थ्यो। नेटवर्क राम्रो नभएर कुरा मज्जाले हुँदैनथ्यो।

यसरी हामी चैथो दिनमा जिरीबम्बमा पुग्यौँ। मणिपुरको बोर्डर। मनमा अलिकति खुसीले ठाउँ ग्रहण गर्यो। सासमा सास आयो। गाउँ पुग्न आत्तुर थिएँ। अझै दजिरीबम्बदेखि बसमा दश घण्टाको बाटो जानु थियो।

सबिता आफ्नो घर जान थौबालवाला बसमा चढी। म र भाइ सेनापतिको बसमा बस्यौँ। सरकारको फ्री वाला बस खटारा थियो। चार दिनको अनिदो। राम्रो नखाएर होला पेट सुकीसकेको थियो। बोल्ने बल नै थिएन। चार दिन ननुहाएकोले जीउ चिलाउदै थियो।

सुत्न पाए अरू केही चाहिदैन जस्तो भएको थियो। तर के गर्ने, मेरो चिन्ता गर्ने आफन्तको फोन आएको आइ। आमाले प्रत्येक घण्टामा फोन गर्ने। एक चोटि त फोन नै अफ गर्देको थिएँ। मामाले कल गरी रहनु हुन्थ्यो। बसमा चढेको बेला पनि मामाको फोन आयो।

‘भान्जी, बसमा चढेउँ? कति बेला पुग्छेउँ?’ भनेर सोध्नु भयो।

‘मामा हामी बसमा बस्यौँ’ मैले मामालाई भनेँ।

फेरी मामाले भन्नु भयो, 'भान्जी उल्टी त भएको छैन नि?'

पहिले मलाई एक चोटि भएको थियो भन्दै कहानी भन्न लागेपछि मेरो गलेको दिमाखको बत्ती नै निभ्यो। म त मामाको कल राखेपछि फोन अफ गरेर सुतेँ।'

क्योदोइ भन्छे, 'मेरोभन्दा त तिमीले निकै यात्रामा दुःख पाएको रहेछौँ। यहाँ क्वारेन्टाइनमा बसेको पनि दश दिन भयो। अब पाँच दिनमा घर जान मिल्छ कि?'

गुणावती पनि आशा लाग्दो भइ भन्छिन्, 'त्यही त। अब त घर जान पाए कति मज्जा हुने थियो। अब कोरोनाको टेस्ट गर्दा रिजल्ट नेगेटिभ आयो भने त घर जान दिनु पर्ने! यहाँ बसेर, सुतेर म त वाक्क भएँ।'

एघार दिनमा सबैको कोरोना टेस्ट गर्नलाई जिल्ला अस्पताल लगे। गुणावती साथै सबैको डरको सिमाना थिएन। डरले सबैको मन बलक् बलक् भएको थियो। जिल्ला अस्पताल उनीहरूलाई एम्बुलेन्समा लगेको थियो।

पहिलो कुरा, एम्बुलेन्समा लिएर जाँदा उनलाई पल्लै छेउ बिरामी भएर लगे जस्तो लागेको थियो। कोरोना भयो भने मरिन्छ होला? परिवारले मेरो लास पनि हेर्न पनि पाउदैनन् होला? जस्ता कुराले उनलाई डसी राखेको थियो। एम्बुलेन्समा बसेका कोही क्रिस्टियन थिए त कोही हिन्दु।

सबैजना आ-आफ्नो इष्टदेवसँग कुशलता अनि कोरोना नेगेटिभ आउनको लागि प्रार्थना गरी राखेका थिए। गुणावती पनि उनको इष्टदेव शिवको मन्त्र जपी राखेको थिइन्। ऊ शिवको भक्ति तीन/चार साल अघिदेखि गर्न सुरू गरेकी थिइन्। दिनै ऊ बिहानीमा आधा घण्टा शिवमन्त्रको जाप गर्थिन्।

यो कठिन समयमा उनले अझ शिवको आरधना गरिन्। उनको नजिकको साथी भने यो समयमा शिव भगवान थिए। उनको आशीर्वादले नै गुणावतीको हिम्मत बढी राखेको थियो। उनी शिवमा धेरै आस्था राख्छिन्।

कोरोना टेस्ट भयो। तर रिजल्ट आउन सात दिन लाग्यो। सात दिन काट्न सात साल जस्तो लागेको थियो उनलाई। खुसीको कुरा यो थियो, सबै नेगेटिभ आए। तर नयाँ नियम अनुसार डिस्ट्रिक क्वारेन्टाइन सेन्टरबाट गएर फेरी भिलेज क्वारेन्टाइन बस्ने आदेश आयो।

चार दिन ट्रेन-बस यात्रा अनि १८ दिनको क्वारेन्टाइनले वाक्क भइसकेको थिइन्। फेरी चौध/पन्ध्र दिन बस्नु पर्छ भन्दा गुणावतीका खुट्टा गलेर आए। बाइस दिनपछि घर जाने खुसीमा ऊ डुबेको थिइ। अचानक यो सुन्दा मनमा कालो बादल छाए झैँ भयो। तर के गर्ने, सरकारको आदेश त पालना गर्नु पर्नेु नै थियो।

भिलेज क्वारेन्टाइन गए दिदी-भाइ। भिलेज क्वारेन्टाइनमा चार जना थिए। गुणावती, सुमन, क्योदोइ अनि क्योदोइको बहिनी। चार जनालाई बस्न ठूलो हल दिएको थियो। अब आउने दिनहरू कसरी काट्ने भनी चारैजना चिन्तित थिए। तर आइपरेपछि कष्ट पनि कटिहाल्दो रहेछ।

घर नजिक थियो। सुरूमा घरबाट सबैको बा-आमाले खाना पुर्याइदिनु भयो। त्यसपछि चार जनाले त्यही हलमा खाना पकाएर खान लागे। खाने र सुत्ने बाहेक अरू केही काम नभएर बाँचेका दिनमा स्वादिष्ट पकवान बनाउदै खाए। यसैको परिणाम थियो कि कहिले नमोटाउने गुणावतीको तीन किलो वजन बढेको थियो।

टाइम पास गर्नको लागि टिकटक बाहेक सुमनले ब्याडमिन्टन, क्रिकेट बल साथीबाट मगाए। एक चोटि क्रिकेट खेलेको बेला, बल टाढा गाउँतिर गयो। सुमन लिन गए। उनलाई एकचोटि त लाग्यो हलमा नफर्किउँ।

एकछिन बाहिर निस्किदा सुमनलाई यथार्थमा आजादीको अनुभूति भएको थियो। तर ऊ बल लिएर आयो। पन्ध्र दिन क्रिकेट, टिकटक, खाना पकाइ समय बिताएको ‘लङ ट्रिप पिकनिक’ गएको भन्दा कम थिएन भिलेज क्वारिनटाइन।

आखिर पन्ध्र दिनको दिन घर जाने समय आयो। साँच्चै भन्नु पर्दा उनलाई जेलबाट छुटेको जस्तो लागि रहेको थियो। खुसीको ठेगाना थिएन। सबै औपचारिकता सकेर दिनमा बाह्र बजे जानु पर्ने थियो। तर गुणतीको बाबा एकाबिहानै आउनु भयो। बाबा लिन आएको देख्दा उनको खुसीको ठेगाना आकाशभन्दा बढी थियो।

बाबाले सबै ब्याग बोकेर गाडीमा राख्नु भयो। गुणावतीले आफ्नो सानो ब्याग बोकेर गाडीमा बसिन्। अस्तिको लामो यात्राले तिनी गाडीदेखि वाक्क भएको थिइन्। तर आज गाडीमा बसेर आनन्दको सागरमा डुबेको थिइन्। जति गाडी घर नजिक हुँदै थियो, उनको मनमा कुरा उत्तिनै बढ्दै थिए।

‘३७ दिनको दिन, रणको मैदानबाट सुरक्षित जादैछु। घरमा मेरो आउने बाटो हेर्दै आमा कुरेर बस्नु भएको छ होला। मेरो प्यारो बहिनी दिदी आउने खुसीले आँगनभरी उफ्रिन्दै गरेकी होली। भाइ, दिदी आउने बाटो हेर्दै होला।’

सम्झी-सम्झी रोमान्चित हुँदै थिइन्। परिवारसँग भेट हुने कल्पनाले तिनीको मन प्रफुल्लित हुँदै जाँदै थियो। यही कल्पनाको गोरेटोमा घुम्दै थिइन् कि घर आयो।

घरको दैलोमा ताला लगाएको रहेछ। घरमा न आमा, न भाइ न बहिनी। उनको स्वागतमा ताला लगाएको ठिंग उभिएको घर थियो। उनले बाबालाई सोधिन्- 'बाबा घरमा कोही पनि हुनुहुन्न त?'

‘अँ छोरी, आमा, भाइ, बहिनी सबै सुमनको घरमा गएका छन्। सुमनको भाइको न्वाँरन आज होनि त। ला चाँबी, दैलो खोल्’ गुणावतीको प्रश्नमा उत्तर उनको बाबाले दिनुभयो।

उनले ताला खोलिन्। ताला-चाँबी राखेर उनले दैलो खोलिएको मात्रै थिइन् कि कुकुरले कान थर्किने गरी भौउँ भौउँ गर्यौ। अचानक घर भित्र पाइला राख्दा, यो स्वागतले उनको होस उड्यो। झसंग भएर उनको मनै ढुक्-ढुक् भयो। उनको अंग-प्रत्यांग छत्ताछुल्ल भयो। 

उनलाई बैंगलोर गएपछि कुकुर पालेको थाहा थियो तर उनको स्वागतमा यसरी थुनेर राखेको छ भन्ने सुइको पाएको थिइनन्। आमा र बहिनीको प्यारो अंगालोले स्वागत पाउछु भन्ने गुणावतीको मनमा, सधैँ याद राख्ने स्वागत कुकरले गरिदियो।

उनले बाबातिर हेरिन्। बाबाले मुसुमुसु हाँसेर ‘केही गर्दैन, केही गर्दैन’ भन्दै उनको ढुक्-ढुक् हुँदै गरेको अवस्थामा व्यंग्य गरिदिनु भयो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १३:३६
सिफारिस
‘ड्रोनभ्यू’मा हेर्नुस् २७ दिनमा एनपिएलका ३२ खेल हुने स्वरूप फेरिएको त्रिवि मैदान
‘ड्रोनभ्यू’मा हेर्नुस् २७ दिनमा एनपिएलका ३२ खेल हुने स्वरूप फेरिएको त्रिवि मैदान
प्रकृतिसँगको निकटतामा विश्वमै पहिलो बन्यो नेपाल!
प्रकृतिसँगको निकटतामा विश्वमै पहिलो बन्यो नेपाल!
५६ सांसदको समर्थनमा बनेको मधेस सरकार किन ढल्यो २५ दिनमै?
५६ सांसदको समर्थनमा बनेको मधेस सरकार किन ढल्यो २५ दिनमै?
जुन मन्त्रीसँग उद्योगीहरूको सबभन्दा बढी द्वन्द्व छ, महासंघको कार्यक्रममा उही गयल
जुन मन्त्रीसँग उद्योगीहरूको सबभन्दा बढी द्वन्द्व छ, महासंघको कार्यक्रममा उही गयल
ओलीले भने– म बोल्छु, अनि महाधिवेशन सकिन्छ
ओलीले भने– म बोल्छु, अनि महाधिवेशन सकिन्छ
चीनले आजदेखि लागु हुने गरी हटायो दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध
चीनले आजदेखि लागु हुने गरी हटायो दुर्लभ खनिज अमेरिका निर्यातमा लगाएको प्रतिबन्ध
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

अमेरिकाबाट डिपोर्ट हुँदाको त्यो कहालीलाग्दो क्षण!
व्यवहारको कसीमा नेतृत्व!
मानवता बचाउने हतियार!
सायद यसैलाई भनिन्छ अभागी!
भ्रमित मान्छे!
विदेश गएर कनेक्सन बनाएछ!
ime money transfer
ime money transfer

विचार

अमित ढकाल
ज्ञानेन्द्र शाहीसँग बहसः राप्रपा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा किन? अमित ढकाल
शंकर पोखरेल
२२ वर्षपछि फेरि सुरू भयो मेरो डेरा जीवन शंकर पोखरेल
गगन थापा
हामी सच्चिएनौं भने मागेर मात्र भोट पाउँदैनौं गगन थापा
अमित ढकाल
सिंगापुर पुगेर बदलिएका देउवा! अमित ढकाल

ब्लग

पुष्पा केसी
पढाइ र आम्दानीको संघर्षमा स्नातकोत्तरका विद्यार्थी! पुष्पा केसी
Marvel
Marvel
अमर अधिकारी
एक समय: लिबाङ बजारमा चार रुपैयाँको एक भारी दाउरा! अमर अधिकारी
दुर्गा पौड्याल
१३ सयको सारी लगाउन कति दु:ख गर्नुपर्‍यो है! दुर्गा पौड्याल
जनक बराल
बा! सायद अब म नेपाल नफर्किन पनि सक्छु! जनक बराल
Kumari bank
Kumari bank

साहित्यपाटी

विदुर दाहाल
अमेरिकाबाट डिपोर्ट हुँदाको त्यो कहालीलाग्दो क्षण! विदुर दाहाल
Hardik
Hardik
Kamana
Kamana
मनोजकुमार कँडेल
व्यवहारको कसीमा नेतृत्व! मनोजकुमार कँडेल
side bar 17- shivam inner
side bar 17- shivam inner
हरिप्रसाद पोखरेल
मानवता बचाउने हतियार! हरिप्रसाद पोखरेल
आदर्श सिंह
सायद यसैलाई भनिन्छ अभागी! आदर्श सिंह

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP