Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, भदौ २३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

भो जान्नँ सहर...

पुरूषोत्तम उपाध्याय दाहाल

पुरूषोत्तम उपाध्याय दाहाल

भो जान्न सहर
तेलको मूल्य बढेको छ रे
यात्रु किराया पनि आकाश लम्बी रे
चौतर्फी मूल्यवृद्धि
घरैमा बस्छु
हात खुट्टा काटिए ईलामे र तितेपाती लाउँछु
जान्न अस्पताल
दाम बढेर औषधि किनिनसक्नु भएको छ रे
आँखा बिझाए सुत्केरी आमाको दूध हाल्छू
मुटु दुखे अर्जुनको छाला खान्छु
खोकी लागे मह तुलसी खान्छु
टाउको दुःखे जन्तरे बालाई फुक्न लाउँछु
पखाला लागे अम्बाको पत्ता खान्छु
निद्रा नलागे खीरमा जाइदाना हालेर खान्छु
हड्डी भाँचिए बाँसको काम्रो सिउँडी पिसेर लाउँछु
गानो गए धामी कान्छाबाट बुटी माग्छु
किन्दिनँ दामी साबुन
खरानिले काम चलाउँछु
किन्दिनँ लुगा 
दाने लुगाले काम चलाउँछु
कपालमा रिठ्ठो लगाउँछु
मुखमा हल्दी र दुधको तर लाउँछु
सब्जी घरैमा लाउँछु
भो जान्न सहर!

नानीहरूको वही-खाता देलानि राज्यले
सबै शिक्षित हुनुपर्छ भन्छ राष्ट्र
मोबाइलको रिचार्ज पनि निकै दामी भयो रे
भो चलाउँदिनँ मोबाइल
बरू भागवत कथा सुन्न जान्छु 
संगीतमा रमाउँछु ,नृत्य गर्छु
भो जान्न सहर!

अब पुस्तक पढ्छु
कविता कोर्छु।
जनताको सरकार रे
के भएको यस्तो
जुकाझैं चुसेको चुसै छ त
दिन्न भोट!
जान्छु गोठतिर
उतै रमाउँछु
मरे टन्टा साफ
उता दाउरा पनि सितैंमा पाइन्छन् 
भो जान्न सहर!

 

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८  १०:५३
सिफारिस
सामाजिक सञ्जाल बन्दले कसरी बनाएको छ नेपालीहरूको जीवन उथलपुथल?
सामाजिक सञ्जाल बन्दले कसरी बनाएको छ नेपालीहरूको जीवन उथलपुथल?
सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेसभित्र चर्को असन्तुष्टि
सरकारले सामाजिक सञ्जाल बन्द गरेकोमा कांग्रेसभित्र चर्को असन्तुष्टि
एमाले विधान महाधिवेशन: १० समूहले गर्दैछ ओलीको प्रतिवेदनमाथि छलफल
एमाले विधान महाधिवेशन: १० समूहले गर्दैछ ओलीको प्रतिवेदनमाथि छलफल
विद्या भण्डारीलाई लक्ष्य गर्दै शंकर पोखरेलले भने– प्रतिष्ठान र फाउन्डेसनबाट गुटबन्दी गर्न खोजियो
विद्या भण्डारीलाई लक्ष्य गर्दै शंकर पोखरेलले भने– प्रतिष्ठान र फाउन्डेसनबाट गुटबन्दी गर्न खोजियो
'मन्त्रीज्यू, फोटो त खिचियो तर केमा पोस्ट गर्ने? फेसबुक बन्द गरिहाल्नुभयो!'
'मन्त्रीज्यू, फोटो त खिचियो तर केमा पोस्ट गर्ने? फेसबुक बन्द गरिहाल्नुभयो!'
वीरगन्जको खानेपानीमा भेटियो दिसाजन्य किटाणु
वीरगन्जको खानेपानीमा भेटियो दिसाजन्य किटाणु
प्रतिक्रिया दिनुहोस्

विचार

गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय
केशव दाहाल
त्यो माघ १९, यो भदौ १९ केशव दाहाल
नरोत्तम अर्याल
जब बागमतीको अनुसन्धानले बेलायतमा जन्मायो नयाँ कम्पनी! नरोत्तम अर्याल

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

विदुर दाहाल
बुबाको मुख हेर्ने अघिल्लो दिन छोराले देश छोड्दा! विदुर दाहाल
ध्रुवतारा
अवतरण! ध्रुवतारा
दिपर्श राई
घर छोड्ने निर्णय! दिपर्श राई
डा. सुन्दर खड्का
ऊ साँच्चिकै राष्ट्रवादी भयो रे! डा. सुन्दर खड्का

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP