दस वर्षअघि म र अप्सरा, प्रेममा डुबेका थियौं।
गहिरो भाव, भरोसा र भविष्यका अनेक सपना बाँडेका थियौं। तर जीवनले हाम्रो बाटो भिन्नै मोडमा मोडिदियो। दश वर्ष भयो, अप्सरालाई अन्तिम चोटि देखेको।
त्यो साँझ सम्झँदा आज पनि घाँटी अवरोधि हुन्छ। हाम्रो प्रेम साँच्चिकै प्रेम थियो – सपना थियो, भरोसा थियो, अनि भविष्य पनि थियो।
तर समय त्यस्तो थियो, जुन हाम्रो पक्षमा थिएन। घरको दबाब, सामाजिक अपेक्षा र परिस्थितिको आकाशले हामीलाई टाढा पारेको थियो। त्यो अन्तिम भेट आज पनि झलझली सम्झिन्छु।
शब्दहरू गुम्सिएका थिए, आँखाभरि आँसु र मौन विदाइ। म सधैं सम्झन्थें — उसले हात छोड्दा किन आँखा छोएर गइन्? किन शब्दहरू भन्दाभन्दै थन्किए? के उसले पनि मलाई जति माया गरिन्? वा म एक्लो थिएँ त्यो भावनामा? त्यसपछि अप्सरा आफ्नै जीवनमा हराइन्।, म पनि आफ्नो बाटो लागेँ।
समयसँगै सम्झनाहरू धमिलो हुँदै गए। तर मुटु... कहिल्यै बिर्सन सकेन। केही सम्बन्धहरू समयले बिर्सन खोज्छ, तर आत्माले कहाँ सक्दो र बिर्सन? उनी – अप्सरा, मसँग थिइनन्, तर मभित्र कहिल्यै टाढा पनि थिइनन्। समय बगिरह्यो। जीवनले निरन्तर कोल्टो फेर्यो – जागिर, जिम्मेवारी, आमाबुबाको बुढ्यौली, समाजको व्यङ्ग्य।
विवाहका प्रस्तावहरू पनि आए, तर म... म भित्रै कतै थुनिएको थिएँ। जहाँ अप्सरा अझै बाँचेकी थिइन् – मेरै मनभित्र, मेरै मौनताभित्र।
आज बिहान कार्यालय आउँदा एउटा सामान्य दिन लागिरहेको थियो। तर सूचना टाँसिएको थियो – 'आजदेखि अधिकृतको रूपमा कार्यभार ग्रहण गर्ने नयाँ अधिकृत आउनुहुन्छ।' को होला भनेर सोच्दै थिएँ, यत्तिकैमा कानमा नाम पर्यो – 'अप्सरा अधिकारी।'
म स्तब्ध भएँ।
एकछिन विश्वास गर्नै सकिनँ। त्यही अप्सरा? मेरी अप्सरा? झ्यालबाट हल्का टाउको निकालेर हेरेँ – र देखेँ उनलाई – पहिलेभन्दा परिपक्व, तर उस्तै स्वाभिमानी र आकर्षक अझै उस्तै थिइन् – आत्मविश्वासी, तेजस्वी मुटु भित्रै धड्कियो। उनले मलाई देखिन्। आँखा अड्कियो। म मुस्कुराएँ – सम्भवतः एक दशकको मौन संवाद बोकेको मुस्कान। तर उहाँको अनुहारमा हल्का तनाव मिसिएको थियो – सायद यादका धागोहरू अझै च्यातिन बाँकी थिए। म उनको क्याबिनमा फाइल लिएर छिर्दा, मेरो स्वर थरथराएको थियो। 'मेडम... यो फाइल हेर्नुहोस्। मेडम, मैले भने – र त्यो शब्द मेरो घाँटीमा बिचलन भएर उत्रेको थियो।
मलाई थाहा थियो, त्यो शब्द उनलाई चिसो लाग्छ। तर पदले बाध्य बनायो – मैले होइन, परिस्थितिले भनेको जस्तो। जब उनले हेरिन् र सोधिन्, 'तपाईं...?' मेरो स्वर काँपियो, म... र त्यसपछि केही नबोली उनले केवल सुस्केरा हालिन्।
त्यो सुस्केरा चिच्याएको जस्तो लाग्यो मलाई – किन फर्कियौ, अप्सरा ? पछिल्ला केही दिनहरूमध्ये यी दिनहरू सबैभन्दा गाह्रो छन्। उनको अनुहार हेर्नु, उनीसँग बोल्न नपाउनु, बोल्दा ‘मेडम’ भन्नु, र भित्रभित्रै ’अप्सु’ भनेर मनले पुकारिरहनु। कहिलेकाहीँ म उहाँलाई क्याबिनभित्र गहिरिएर हेर्छु – कागजहरूमा साइन गरिरहँदा, सहकर्मीहरूसँग कुरा गरिरहँदा, तर त्यो आत्मविश्वासको आवरणभित्र कतै एक पुरानो ‘अप्सु’ अझै बाँचेकी छिन्। के हामी फेरि नजिकिन सक्छौं? के जीवनले हामीलाई फेरि अर्को मौका दिनेछ? कि यो भेट केवल सन्दर्भ हो – अध्याय होइन? तर म अहिले केवल हेरेर मुस्कुराउन सक्छु। शब्दहरू बाँकी छन्, तर भन्नु... अझै बाँकी छ। तर त्यो पुरानो प्रेम अझै मभित्र बाँचेको छ – जसले मनको कुनामा गहिरिएर सास फेर्दैछ। र म, दिनहुँ दोधारमा बाँच्छु – झट्ट लाग्यो – अब त्यो अधुरो प्रेम पूर्णतातिर बढ्ला! तर फेरि लाग्छ – उनी अब त अर्कै संसारकी भइसकेकी छिन्। उनको दृष्टि, उनका शब्द, उनका मौनताहरू – सबै मिलेर एक झिनो आशा जगाउँछन्। तर त्यो आशा भित्रै कतै एक डर पनि छ – फेरि एकपटक टुट्न नपरोस् भनेर।
म कहिलेकाहीँ मनमनै कल्पना गर्छु – के उनीसँग फेरि सबैथोक सुरू गर्न सक्छु? के म, एक सामान्य कर्मचारी, एक अधिकृतसँग, प्रेमको नयाँ अध्याय लेख्न सक्छु? तर यथार्थ त के हो भने, हामी एउटै कार्यालयमा छौं, तर दुई फरक स्तरमा। शायद उनी अब मभन्दो कसैसँग विवाह गर्छिन्। शायद, म उनीको जीवनमा फेरि केवल एउटा अध्याय हुँ, पुस्तक होइन। तर त्यो पुरानो प्रेम अझै मभित्र बाँचेको छ – जसले मनको कुनामा गहिरिएर सास फेर्दैछ। र म, दिनहुँ दोधारमा बाँच्छु – कहिले आँट गर्छु कुरा खोल्ने, कहिले डराउँछु त्यो माया फेरि गुम्ला भनेर। उनी मलाई कहिले अप्सु झैँ हेरिरहेकी जस्तो लाग्छ, ती आँखामा फेरि एकपटक माया देखिन्छ। तर अर्को पल्ट, त्यही आँखाले मलाई ‘हाकिम’को नजिक र दूरी दुबै सम्झाउँछिन्। कहिलेकाहीँ यस्तो लाग्छ –शायद उनी पनि सोचिरहेकी छन्,
के हामी फेरि सँगै हुन सक्छौं?
तर कहिले लाग्छ –उनी अब यो स्तरमा म जस्तो सँग केही सोच्दिनन् होला। म अझै पनि साहस संकलन गर्न सक्दिनँ, अप्सरा, तिमी अझै माया गर्छौ? भनेर सोध्न। उनी मलाई हेर्छिन्, कहिले चुपचाप, कहिले आँखा चिप्ल्याएर, तर ती नजरहरूको अर्थ पढ्न सक्दिनँ म – के त्यो माया हो? या केवल सहकर्मीको सौजन्य? उनी आइन् –दश वर्षपछि, फेरि आएर मनको झ्याल हल्लाइन्। झट्ट लाग्यो – अब त्यो अधुरो प्रेम पूर्णतातिर बढ्ला! तर फेरि लाग्छ – उनी अब त अर्कै संसारकी भइसकेकी छिन्। उनको दृष्टि, उनका शब्द, उनका मौनताहरू – सबै मिलेर एक झिनो आशा जगाउँछन्। तर त्यो आशाभित्रै कतै एक डर पनि छ – फेरि एकपटक टुट्न नपरोस् भनेर। म कहिलेकाहीँ मनमनै कल्पना गर्छु – के उनीसँग फेरि सबैथोक सुरू गर्न सक्छु?
के म, सामान्य कर्मचारी, एक अधिकृतसँग, प्रेमको नयाँ अध्याय लेख्न सक्छु? यथार्थ त के हो भने, हामी एउटै कार्यालयमा छौं, तर दुई फरक स्तरमा। सायद, म उनीको जीवनमा फेरि केवल एउटा अध्याय हुँ, पुस्तक होइन। तर त्यो पुरानो प्रेम अझै मभित्र बाँचेको छ –जसले मनको कुनामा गहिरिएर सास फेर्दैछ। र म, दिनहुँ दोधारमा बाँच्छु – कहिले आँट गर्छु कुरा खोल्ने, कहिले डराउँछु त्यो माया फेरि गुम्ला भनेर। सायद अप्सरा अझै माया गर्छिन्। सायद उनी पनि दिनहुँ यति नै द्वन्द्वमा छिन्। तर जबसम्म हामी दुबै चुप छौं, अधुरो संवाद कहिल्यै पूरा हुँदैन। यो कथा तथा यसका सबै पात्रहरू काल्पनिक हुन्। कुनै पनि व्यक्तिसँग मेल हुनु केवल संयोग हुनेछ।