दाजु बितेको खबरले हतारिँदै माइती कुदेँ
बिच बाटोमा भाउजूलाई अँगालो हाल्ने कल्पना गरेँ
आफ्नो साथको माया, सान्त्वना दिने सोचेँ
तर पुग्दा उनी सेतो वस्त्रमा भुइँमा परालमा।
रातभर रोएको आँखाले, सुक्खा आँसुहरू,
मौन मुख, फिँजिएको कपाल, पीडाको गहिरो छाया
उनीसँग बोल्न सकिनँ, केवल निहारिरहेँ
शब्दहरू गुम्सिए, मन भारी भयो।
कस्तो संस्कार हो यो, जहाँ पीडामा पनि परम्परा भारी?
उनीलाई अँगालो हाल्न खोज्दा, परालको सीमामा रोकिएँ
माया दिन खोज्दा, विधिको बन्धनले थामियो
यो पीडामा, के परम्पराभन्दा माया ठुलो होइन?