Ncell
Setopati
x
Honda
Setopati
x
Honda
Samsung banner
Samsung banner
Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, माघ २९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

समयको पाठ!

Nmb
Nmb
आज्ञा सागर हुमागाईं

आज्ञा सागर हुमागाईं

साउन १६
gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

धनकुटाको एउटा सुन्दर तर सानो गाउँमा गङ्गा र कृष्ण नाम गरेका जोडी बस्थे। कृष्ण पसल चलाउँथे र गङ्गा घर सम्हाल्थिन्। सँगै उनका वृद्ध आमाबुवा पनि थिए, जसको सेवा–सुसार पनि गङ्गाले नै गर्दथिन्।

उनीहरूको दुई सन्तान थिए— जेठी छोरी नीरा र कान्छो छोरो निर्जल। दुई वर्षको मात्र फरक भएकाले दिदी–भाइ सँगै खेल्थे, रमाउँथे, पढ्थे र कहिलेकाहीँ घरको साना काममा पनि सघाउँथे।

गङ्गा बिहानदेखि बेलुकासम्म घरको काम, बच्चाहरूको पढाइ, सासू–ससुराको हेरचाह र कहिलेकाहीँ कृष्णको पसलमा समेत सघाउने गर्थिन्। जीवन कठिन थियो तर उनीहरूको मेहनत, माया र समर्पणले घरमा एउटा मिठो सन्तुलन बनाएको थियो।

जब नीरा बिस्तारै हुर्किन थालिन्, गङ्गाले उनलाई घरको हल्का काम सिकाउन थालिन्। नीरा पनि खुसीसाथ सबै काम सिक्दै थिइन्— भाँडा माझ्ने, झ्याल पुछ्ने, पकाउने आदिमा रुचि राख्थिन्। तर निर्जल जति बेला सहयोग गर्न खोज्थे, हजुरआमा र कहिलेकाहीँ आमाले रोक्नुहुन्थ्यो— ‘छोरा मान्छे घरधन्दामा रुमलिने होइन, पढ्ने बेला हो, दिदीले अर्काको घर सम्हाल्नपर्छ, उसैले गर्छे!’

एक दिन नीरा र निर्जल सँगै भाँडा माझ्दै थिए। नीराले निर्जललाई ‘तिमी यो पुछ, म यो माझ्छु’ भनिन्। तर अचानक निर्जलको हातबाट गिलास चिप्लिएर भाँचियो र उसको औँला काटियो।

हजुरआमा त्यत्तिनै बेला आइपुगिन् र यो सबै देखेर उनको रिसको सीमा रहेन। उनले नीरालाई कान समाई झपार्न थालिन्— ‘तँ छोरी भएर के काम सिकिस्? तेरो कारणले घरको छोरो घाइते भयो! अलिकति केही काम लायो भने त्यही भाइलाई पिर्छे।’

नीरा रुँदै कोठामा गएर ढोकाबाट चुकचुकाइरहिन्।

Laxmi bank
Laxmi bank

साँझपख गङ्गा घर फर्किँदा उनले छोरीका राता-राता आँखा देखिन्। जब नीराले सबै कुरा बताइन्, गङ्गाले पहिला उनलाई सम्हालिन्। तर त्यसपछि भन्न थालिन्— ‘छोरी भएसँगै तिमीले सबै कुरा जान्नुपर्छ। सहनशील बन्नुपर्छ। यो समाज अझै परिवर्तन भएको छैन। छोरा मान्छेले घरको काम गर्‍यो भने समाज हाँस्छ। ऊ त छोरा हो, उसलाई यो सबै सिक्न के जरुरी छ र? तिमीले त पछि केही जानिनौ भने समाजले नै औँला उठाउँछ।’

त्यो दिनदेखि नीराले भाइलाई काममा लगाउन छाडिन्। तर उनको मनमा गहिरो प्रश्न उम्रियो— ‘किन छोरी भएर मैले मात्र सहन सिक्नुपर्छ? सबै कामहरू जान्नै पर्छ तर किन भाइले नगरे पनि ऊ सबैको प्यारो हुन्छ?’

Ncell
Ncell

वर्षौँ बिते। नीरा स्कुलको अब्बल विद्यार्थी थिइन्। उनले राम्रो नतिजा ल्याइन् र सहरमा छात्रवृत्तिमा पढ्ने अवसर पाइन्।

निर्जल पनि समयसँगै व्यवहार बुझ्दै गयो। सारा संसार धाउन, साथीभाइसँग रमाउन र कमाउन पनि ऊ सक्षम थियो तर घरको काममा आमालाई सहयोग गर्नुपर्ने भयो भने ऊ टाढा भाग्न खोज्थ्यो।

अर्कोतिर, कृष्णका आमा–बुवा पनि संसारबाट बिदा भए। नीरा पनि राम्रो पढाइ गरेका जागिरे युवकसँग विवाह गरी आफ्नै घर र जागिर सम्हाल्न थालिन्।

अब गङ्गा, कृष्ण र निर्जल मात्र थिए घरमा। गंगा घर सम्हाल्थिन्, कृष्ण पसल गएर हल्काफुल्का आमदानी गर्थे र निर्जल एउटा कम्पनीमा जागिर खान्थ्यो। ऊ यौवनको जोसमा थियो। आमाबुबाभन्दा पनि ऊ साथीभाइ, घुमफिर र रमाइलोमा व्यस्त रहन चाहन्थ्यो। काम पनि गर्थ्यो, घरको खर्च पनि दिन्थ्यो तर त्योभन्दा पछि के भइरहेको छ भनेर उसलाई खासै मतलब हुन्न थ्यो।

गङ्गा र कृष्ण दुवैको उमेर बढ्दै गएको थियो। थकान, कमजोरी, जोसको कमीसँगै दिन बित्थ्यो। आँखामा धमिलोपन, शरीरमा जाडो, मनमा थकान— सबै लिएर गङ्गा अझै घरको जिम्मा सम्हालिरहेकी थिइन्।

एक दिन बजारमा सामान किन्न गएकी गङ्गालाई दुर्भाग्यवश मोटरसाइकलले ठक्कर दियो। उनको खुट्टामा गम्भीर चोट लाग्यो— हड्डी भाँचिएको थियो। अस्पतालमा डाक्टरले कम्तीमा ३ महिना पूर्ण विश्राम गर्नुपर्ने बताए। गङ्गा घर फर्किइन्— बेडमा।

सुरुवातका केही दिन त आफन्तहरूले पालैपालो सघाए— कहिले नीरा आइन्, कहिले हजुरआमा तर्फका कोही। तर बिस्तारै सबै आ–आफ्ना काममा व्यस्त भए। अब घरको सारा जिम्मेवारी निर्जलमाथि आयो।

पहिला कहिल्यै किचन नछिरेको निर्जल अब बिहान उठ्ने बित्तिकै भाँडा माझ्ने, खाना बनाउने, आमालाई औषधी दिने, कपडा धुने, घर सफा गर्ने, बजार जाने— सबै गर्न थाल्यो। तर उसले मेसो मिलाउन जानेन। घरको काम जति गरे पनि सकिँदैनथ्यो— कहिले खाना खल्लो, कहिले धेरै पिरो, त कहिले डढेको। धुन राखेका लुगाले त घरै पुरिन्छ कि जस्तो लाग्थ्यो। जता हेर्‍यो उतै अस्तव्यस्त।

‘यत्ति जाबो झिनो काम त हो नि’ भनेर कहिल्यै आमाको मेहनत नदेख्ने निर्जल आज भने सबै पहाड देख्दै थियो।

तर केही दिनमै ऊ थकित, हतोत्साहित र आक्रोशित हुन थाल्यो। एक दिन उसले आमाको ओछ्यानछेउ बसेर चिच्याउँदै भन्यो— ‘सक्दिनँ म यो सबै काम गर्न! म दिनभर पनि काम गर्ने, साँझमा पनि यही? मेरो चाहिँ जिन्दगी छैन? कमाएको पैसा घरमा बुझाउँदा पनि यति सास्ती!’ यस्तै के-के भन्दै ढोका ड्याम्म बजारेर ऊ बाहिर निस्क्यो।

आफू केही गर्न नसक्ने असक्त हुँदा पनि छोराले बोलेका नमिठा शब्द सुनेर गंगा भक्कानिन्छिन्।

निर्जल गर्न चाहन्थ्यो सबै कुरा। ऊ सक्षम थियो— बाहिरको संसार धाउन, जागिर गर्न, पैसा कमाउन। ऊ सधैँ भन्थ्यो, ‘म सबै गर्न सक्छु।’ तर आज ऊ आफैँसित हारेको थियो। घरको कामले उसलाई भित्रैदेखि थिचेको थियो। घर र जागिर दुवैले ऊ थकित भएको थियो।

त्यो दिन आमाले केही बोलिनन्। चुपचाप नीरालाई फोन गरेर भोलिपल्ट आउन आग्रह गरिन्।

निर्जल बिहान काममा गयो, उसलाई थाहा थिएन कि दिदी आउँदै छिन्। काम सकेर साँझतिर ऊ घर फर्किँदै थियो— झोक्राउँदै, थकित र निराश। घर नजिकिँदै गर्दा, एउटा मिठो बास्ना परैबाट-नलागेको भोक पनि लाग्ने खालको, उसको नाकको वरपर घुम्यो।

घरभित्र पस्यो, झल्याँस्स, अचम्ममा पर्‍यो।

सबै चिटिक्क मिलाइएको, सबैतिर सफा, लुगा धोइएका, भाँडा चम्किएका, बोटबिरुवा पानीले झकिझकाउ! घर फेरि घर जस्तै भएको थियो

ऊ केही बोल्न सकेन।

त्यतिकैमा माथिबाट दौडिँदै नीरा तल झरिन्— ‘भाइ!’ भनेर अङ्कमाल गरिन्।

निर्जलका आँखा रसाए। कुनै युद्धमा फसेको सिपाहीलाई उद्धार गर्न कोही आएको अनुभूति भयो उसलाई।

दुवै जना आमाको कोठातर्फ लागे। गङ्गाले छोरालाई देखेपछि हिजो उसले बोलेका तीतो शब्दहरू सम्झिएर नीराको अँगालोमा चुपचाप आँसु पोखिन्।

‘छोरी… तिमी आएर मलाई कति हल्का महसुस भयो। हिजो त उसले त मलाई बाघले झम्टे झैँ झम्ट्यो। शरीर काम गर्दैन, मन रुन्छ… अनि बुझ्ने मान्छे पनि छैन।’

गङ्गाको त्यो थाकेको स्वरले कोठा नै भारी बनायो।

नीराले लामो सास फेरिन् र संयमित स्वरमा भनिन्— ‘आमा, म पनि एक पटक यस्तै रोएकी थिएँ तपाईंको सामु, याद छ तपाईंलाई? मलाई सबै काम लगाउनु भयो तर भाइले सिक्न खोज्दा पनि गाली गर्नुभयो। त्यसैले उसले अहिले गरेन भनेर गुनासो नगर्नुस्!’

नीराले गम्भीर स्वरमा भनिन्— ‘आज पनि छोरीहरूलाई भनिन्छ— पढ्नुपर्छ, कमाउनुपर्छ, अनि घरको काम पनि गर्नुपर्छ। र उनीहरू त्यो सबै गरिरहेकै छन्, सक्षम छन्। तर छोरा घरको काम गर्न लागेपछि किन सबैलाई समस्या हुन्छ? किन हाम्रा आमाबुवा, हजुरआमा–हजुरबुबा, समाजले त्यही पुरानो सोच बोकेका छन्— यो त छोराको काम होइन!

जब छोरा केही गर्न सक्दैन, तब सबैको एउटै सुझाव हुन्छ— बुहारी ल्याऊ, उसले गर्ला।

त्यसपछि फेरि अर्को छोरीको काँधमा जिम्मेवारी हालिन्छ। फेरि त्यही चक्र दोहोरिन्छ। छोरीहरू पढ्छन्, कमाउँछिन् तर घरको काम छुट्दैन। छोराहरू पढ्छन्, कमाउँछन् तर घरको काम किन बाँड्न सक्दैनन्?’

गङ्गाको आँखा रसायो। नीराको कुराले उनलाई समयमै झस्कायो।

नीराले फेरि मुस्काउँदै भनिन्— ‘काम कहिल्यै छोरीको या छोराको हुँदैन, काम त बस् परिवारको हुन्छ, जसलाई पनि आयो, उसैले गर्ने। त्यही भएर हामी सबैले अब आफ्ना सन्तानलाई मानिसको रूपमा हेर्नुपर्छ— लिङ्गको भरमा होइन।’

त्यो साँझ निर्जलले चुपचाप आमा र दिदीको कुरा सुनिरह्यो।

त्यही दिनदेखि परिवर्तनको बीउ रोपियो— उही सानो घरबाट, जहाँ आज छोराले पनि चुलो बाल्न सिक्न थाल्यो। 

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १४:२१
सिफारिस
नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित
नेपालसँगको खेलअघि वेस्ट इन्डिजले निकाल्यो इंग्ल्यान्डविरूद्ध सानदार जित
विनोद चौधरीले सार्वजनिक गरे आफ्नो तीन वर्षको 'रिपोर्ट कार्ड'
विनोद चौधरीले सार्वजनिक गरे आफ्नो तीन वर्षको 'रिपोर्ट कार्ड'
पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!
पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!
दलहरूले चुनावी घोषणापत्रमा सम्बोधन गर्नुपर्ने सहकारी मुद्दा
दलहरूले चुनावी घोषणापत्रमा सम्बोधन गर्नुपर्ने सहकारी मुद्दा
एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा
एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा
नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?
नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

यस पटक मैले हालेको भोटले...
आऊ, अब मसँग पनि भोट माग!
सुन्दर मेरो देश!
मेरो देश!
अन्त्य नदेखिएको सम्बन्ध!
यो सडक कहिले बन्छ?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

 शिवजी श्रेष्ठ
प्रहरीलाई ब्रिफिङ मात्र दिने कि, स्रोतसाधन पनि दिने?  शिवजी श्रेष्ठ
नारायण वाग्ले
प्रश्न बालेनलाई होइन, हामी आफैलाई गर्ने हो! नारायण वाग्ले
मञ्जित ढकाल
निर्वाचन घोषणापत्रमा जलवायु परिवर्तन मञ्जित ढकाल
चेतनाथ आचार्य
विश्वलाई चकित बनाउने चिनियाँ अर्थतन्त्र! चेतनाथ आचार्य
garima bikash bank
garima bikash bank

ब्लग

पवित्रा घिमिरे
के महिलाहरू घरमा बस्दैमा आत्मनिर्भर हुँदैनन् त? पवित्रा घिमिरे
National life inner
National life inner
दाताराम कार्की
सुरक्षाकर्मीप्रतिको नागरिक दृष्टिकोण! दाताराम कार्की
गौतम श्रेष्ठ
गैंडा त हात्तीसँग डराउँदो रहेछ! गौतम श्रेष्ठ
डा. हिमाल खनाल
युरिक एसिड: स्वास्थ्य समस्या मात्र कि शरीरको सुरक्षा कवच पनि? डा. हिमाल खनाल
mukti
mukti

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
समय आगो हो! नरेन्द्रनाथ भट्टराई
Hardik
Hardik
युवराज आचार्य
म सोच्छु! युवराज आचार्य
side bar 17- shivam inner
side bar 17- shivam inner
ढाकामोहन बराल
फरक तर उस्तै उस्तै! ढाकामोहन बराल
मोहन थापा
'यो सहरले मान्छे खाँदोरहेछ!' मोहन थापा

केटाकेटीका कुरा

संस्कृत आचार्य
मलाई मन परेका पाँच किताब! संस्कृत आचार्य
यूदाइ उ राउत
मेरो लमजुङ यात्रा! यूदाइ उ राउत
शुभानी ढुंगेल
जापानको रहस्यमय यात्रा! शुभानी ढुंगेल
प्रस्ताव घिमिरे
वातावरण जोगाऔँ! प्रस्ताव घिमिरे

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP