मदन भण्डारी राष्ट्रिय पुरस्कार ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ लाई प्रदान गरिएको छ ।
भूकम्पपछिको पुनर्निर्माणको काममा योगदान पुर्याएवापत फाउन्डेसनलाई १ लाख १ रूपैयाँ नगदसहितको मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिएको हो। जननेता मदन भण्डारीको ६६ औं जन्म दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फाउन्डेसनका संस्थापक सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले ‘धुर्मुस सन्तली फाउन्डेसन’को उत्तरोतर प्रगतिको कामना गरिन्।
फाउन्डेसनले राष्ट्रिय रुपमा महत्वपूर्ण योगदान पुर्याएरुलाई हरेक वर्ष मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गर्दै आएको छ।