सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णगोपाल श्रेष्ठले डेंगी रोग संक्रमण नियन्त्रण गर्नेबारे सरकारले ध्यान दिन नसकेको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सदनमा सरकारको धारणा बताउनुपर्ने माग राख्दै श्रेष्ठले बिहीबार प्रतिनिधिसभा संसदमा भने, ‘डेंगीबारे स्वास्थ्य मन्त्रीले सदनमा जानकारी दिनुपर्यो। रूलिङ गर्नुपर्यो सभामुख महोदय।’
आँखा विशेषज्ञ सन्दुक रूइत डेंगी पीडित भइसकेको बताएका उनले थप सोधे, ‘कति सांसदलाई डेंगी भएपछि सरकारको ध्यान जाने हो? डेंगीबारे सरकारको आधिकारिक धारणा मन्त्रीले सदनमा जानकारी गराउनु पर्छ।’ डेंगीबाट मृत्यु भएकाहरूलाई के गर्ने र रोगबाट बच्न के उपाय छन् स्वास्थ्यमन्त्रीले सदनबाट जानकारी गराउनुपर्ने उनको माग छ।
सभामुख महराले सरकारलाई डेंगीबारे सदनमा जानकारी गराउन पनि रूलिङ गरेका छन्।