नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको छ।
मंसीर १४ गते हुने उपनिर्वाचनमा कसरी परिचालन हुने भन्ने बिषयमा रणनीति तयार गर्न शनिबार विहान बैठक बसेको हो।
प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारीअनुसार अहिले पदाधिकारी बैठक जारी छ। ‘उपनिर्वाचनमा परिचालन हुनेबारे रणनीति तयार गर्न बैठक केन्द्रीत छ,’ शर्माले सेतोपाटीसँग भने।