रौतहटको राजपुर नगरपालिका वडा नम्बर ७ अकोलवामा फेला परेको बम नेपाली सेनाले निस्कृय बनाएको छ।
इँटाभट्टामा प्रेसर कुकरमा तार जडित बिस्फोटक पदार्थ शनिबार सेनाले निस्कृय पारेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीका अनुसार कसले बम राखेको भन्ने खुलेको छैन।
‘प्रेसर कुकरमा तार जडान गरेको रहेछ। सेनाले निस्कृय पारिसक्यो,’ उनले सेतोपाटीसँग भने।