अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले आफ्नो आगामी टोलीमा रहने ६ महत्वपूर्ण सदस्यको घोषणा गरेका छन्।
'अमेरिकी इज ब्याक। अमेरिकी विश्वको अगुवाइको लागि तयार छ। ऊ आफ्नो जिम्मेवारीबाट पछि हट्नेछैन', उनले भने।
नेशनल इन्टिलिजेन्सको निर्देशक पदका लागि एवरिल ह्यान्सको नाम आएको छ। यस्तो भएमा उनी देशको जासुसी निकायको नेतृत्व लिने पहिलो महिला हुनेछिन्।
यस्तै होमल्याण्ड सेक्युरिटीका नयाँ प्रमूख एलेजान्ड्रो मेयोरकास हुनेछन्। डोनाल्ड ट्रम्प सत्ता हस्तानतरणका लागि तयार भएका छन् र अब जासुसी निकायले उनलाई जानकारी उपलब्ध गराउन सक्नेछ।
जेक सुलिवन (बायाँबाट क्रमशः) लिन्डा थोमस ग्रिनफिल्ड र एन्टोनी ब्लिन्केन
यध्यपी ट्रम्पले आफ्नो हार अस्वीकार गर्ने सम्भावनाको शंका भने अझै छ। नोभेम्वर ३ मा भएको मतदानमा धाँधली भएको आरोप ट्रम्पले अझै लगाइरहेका छन्।
यी हुन बाइडनका टिमका महत्वपूर्ण सदस्यः
एन्टोनी व्लिङकेन- विदेश मन्त्री
जोन केरी – जलवायु परिवर्तन दूत
एवरिल ह्यान्स- निर्देशक, नेशनल इन्टिलिजेन्स
एलेजान्द्रो मेयोरकास- सेक्रेटरी, होमल्यान्ड सेक्युरिटी
जेक सुलिवन- नेशनल सेक्युरिटी एडवाइजर, ह्वाइट हाउस
लिन्डा थोमस ग्रिनफिल्ड- संयूक्त राष्ट्र संघका लागि अमेरिकी दूत