प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।
प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा गणेश पहाडी सामान्य प्रशासन मन्त्री बन्ने भएका छन्।
पहाडी केही समयअघिसम्म एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा थिए। नवौं महाधिवेशनमा उनी नेपालको प्यानलबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका हुन।
वैशाख २७ गते संसदमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा पहाडी पनि अनुपस्थित थिए।
पछिल्लो समय राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बुझाइएको पत्रमा उनको पनि हस्ताक्षर थियो। आफूले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भए पनि देउवाका पक्षमा बुझाइएको भन्दै उनी असन्तुष्ट थिए।
पहाडीले २०७४ मा सिन्धुलीबाट चुनाव जितेका थिए।