मणिन्द्रलाल नेपाली नेपाली कांग्रेस वीरगंज महानगरपालिकाको महानगर कार्य समिति सभापतिमा निर्वाचित भएका छन्।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विरगन्ज महानगर कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा राधेश्याम चौरसियालाई हराउँदै नेपाली सभापतिमा निर्वाचित भएका हुन्।
सार्वजनिक मत परिणाम अनुसार सभापतिमा नेपालीले २५७ मत प्राप्त गरेर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले २२१ मत ल्याए।
त्यस्तै अर्का प्रतिद्वन्द्वी दिपेन्द्र चौहानले भने ३२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
महानगर कार्यसमितिका लागि तीन जनाले सभापतिमा उम्मेदवारी दिएका थिए।
त्यस्तै उपसभापतिमा नेपाली समूहका सन्तोष गुप्ता २४८ मत र चौरसिया समूहका सरजुग महतो २४४ मत ल्याएर विजयी भए।
निर्वाचन अधिकृत रामबालक प्रसाद यादवका अनुसार सचिवमा शिवचन्द्र प्रसाद यादव र श्याम प्रसाद कुर्मी निर्वाचित भए। यस्तै सहसचिवमा सज्जाद हुसैन समानि र दीपक कुमार साह ल्याएर निर्वाचित भए।
सदस्यहरुको मतगणना अझै जारी रहेको छ ।