न त भ्रष्टाचार गर्नुपर्ने
न त घूस खानुपर्ने
न त अमेरिका बेलायत
न त रुस जानुपर्ने
भ्रमण खर्च देशकै लागि बचाऊँ
अब रोबोटको नेता बनाऊँ
पदीय मानको केही वास्ता नगरी
न त चियर्स गर्दै गिलास ठटाउनु पर्ने
बदनाम ठेकेदार र बिचौलिया लगाइ
न त चुनाव खर्च जुटाउनु पर्ने
योजनाको बजेट विकासमै लगाऊँ
अब रोबोटको नेता बनाऊँ
लगन भिजन हुनेलाई थान्को लगाएर
न त श्रीमती जिताउनु पर्ने
पार्टी फुटाएर गठबन्धन जुटाएर
न त पुत्र पुत्रीलाई पद दिलाउनु पर्ने
नातावाद कृपावाद तुरुन्त हटाऊँ
अब रोबोटको नेता बनाऊँ
वर्ष वर्षमा कति मन्त्री फेरिए
फोहरको डङ्गुरको पहाड बन्यो
भत्कियो पुरियो बगायो सकियो
जापान सिंगापुर बनाउँछु भन्यो
सही सुशासनले देश चलाऊँ
अब रोबोटको नेता बनाऊँ
न त भ्रष्टाचार गर्नुपर्ने
न त घूस खानुपर्ने
न त अमेरिका बेलायत
न त रुस जानुपर्ने
भ्रमण खर्च देशकै लागि बचाऊँ
अब रोबोटको नेता बनाऊँ।