राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि मधेश प्रदेशका ८ वटै जिल्लामा विरोध प्रदर्शन भएको छ।
नेपाली कांग्रेस, जसपा, जनमत पार्टीलगायतले विरोध गरेका हुन्।
बुधबारदेखि नै उनीहरूले विरोध प्रदर्शनलाई जारी राखेका छन्।
जनकपुर, वीरगञ्ज, गौशाला, सिराहालगायतमा राष्ट्रपतिको कदमविरूद्ध प्रदर्शन भएको छ।
उनीहरूले नाराबाजी गर्दै राष्ट्रपतिको पुत्ला जलाएका छन्।
राष्ट्रपतिले नेकपा एमालेसँग मिलेमतोमा नागरिकता विधेयक प्रमाणीकरण नगरेको जसपा जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विश्नुदेव साहले आरोप लगाए।
उनीहरूले राष्ट्रपतिको राजीनामा पनि मागेका छन्।