दुई वर्ष अगाडि सडकको खाल्डोमा परेर बालिकाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले सडकका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएका थिए।
२०७४ को असार अन्तिम साता दिएको निर्देशन अहिलेसम्म कार्यान्वयन भएको छैन।
गत वर्ष पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असार अन्तिम साता ५० दिनभित्र सडकका खाल्डा पुर्न र सडकको मर्मत गर्न निर्देशन दिए।
प्रधानमन्त्री ओलीले निर्देशन दिएको १४ महिना बितिसक्दा पनि राजधानीका सडकमा खाल्डाखुल्डी उस्तै छन्।
मंगलबार दिनभरि झरी पर्यो। काठमाडौंका सडकमा रहेका खाल्डाका कारण जनताले सास्ती भोग्नु पर्यो। सडकमा भेटिएका केही सर्वसाधारणलाई हामीले यसबारे उनीहरूको धारणा लिएका छौं।
हेर्नुस् भिडिओ -